काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी आर्जनका १८ मुद्दामा १ अर्ब ९ करोड ६१ लाख ९४ हजार ७१ रुपैयाँ बिगो मागदाबी गरेको जनाएको छ ।
दर्ता भएका मध्ये एक करोड रुपैयाँभन्दा बढी बिगो कायम भएका मुद्दाको संख्या २८ रहेको छ। गत आर्थिक वर्ष २०७६र७७ मा ५५ जना विचौलियविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। शुक्रबार सार्वजनिक विवरणअनुसार आर्थिक वर्ष भरीमा आयोगले विभिन्न सरकारी निकायमा बिचौलियाविरुद्ध मुद्दा दायर गरेको हो।
शुक्रबार सार्वजनिक विवरणअनुसार आयोगले विभिन्न पदका कार्यरत दुई ८ जना सरकारी कर्मचारी, १४ जना जनप्रतिनिधिविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले गत आवमा स्थापना पछिकै सबैभन्दा बढी ४४१ वटा मुद्दा विशेष अदालत काठमाडौँमा दर्ता गरेको हो। अघिल्लो आर्थिक वर्षमा ३५१ वटा मुद्दा दर्ता भएको थियो।
जसमा घुसका दुई सय ६, नक्कली शैक्षिक प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको हानी नोक्सानी ७४, गैरकानुनी सम्पत्ति आर्जन १८ र विविध १० वटा रहेका छन्।