काठमाडौं । नेपाली कांग्रेसका विभागहरू सक्रिय भएर पार्टीका नेता तथा कार्यकर्ताहरू चलायमान हुन थालेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अबरोध सिर्जना गर्न थालेका छन् ।
पौडेल समूहका नेताहरूको बुधबार काठमाडौंको अनामनगरमा भएको भेलाले विभागहरू गठनको विरोध गरेको हो । पौडेल समूहले १४औँ महाधिवेशनलाई प्रभावित बनाउन विभागहरू धमाधम गठन गरेको आरोप सभापति शेरबहादुर देउवालाई लगाएको छ ।
विभागहरू गठन नगर्न पौठेल समूहले सभापति देउवालाई दवाव दिने निस्कर्ष निकालेको छ । पौडेल समूहले भनेअनुसारको भाग नपाएपछि विभाग गठनको विरोध गरिरहेको छ । विभाग विस्तार हुन थालेपछि पौडेल समूहका नेता तथा कार्यकर्ताहरूले विभागमा बस्न रूचि देखाएका बेला पौडेल समूह हर्कतमा उत्रिएको छ ।
पौडेल समूहको भेलाले सभापति देउवाले पार्टी प्रवेशका नवप्रवेशीहरूलाई जथाभावी क्रियाशील सदस्यता वितरण गर्ने लागेको भन्दै रोक्न माग गरेको एक नेताले बताए ।
गोप्य भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा।शाशंक कोइराला, प्रकाशमान सिंह, अजुर्ननरसिंह केसी, डा।मीनेन्द्र रिजाल, दीलेन्द्रप्रसाद बडु, दीपक गिरी लगायतका नेताहरू सहभागी थिए ।
पौडेल समूहले देउवाले आफूसंग असहमत पक्षलाई अनुशासनका नाममा कारवाही गरेर तर्साउने काम गरेको आरोप पनि लगाएको छ ।
अर्जुननरसिंह केसीले महाविधेनशको मिति तय भइसकेपछि आचारसंहित समेत ख्याल नगरी सभापति देउवाले विभागहरू गठन गरेको भन्दै विरोध जनाएका छन् । उनले विभागहरू गठन नगर्न चेतावनी दिए ।
पार्टीका नेता कार्यकर्तामाथिको कारवाहीका विषयमा छलफल गर्न पौडेल समूहले वरिष्ठ नेता पौडेल, महामन्त्री डा।कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको वार्ता टोली बनाएको छ । वार्ता टोलीले सभापति देउवासंग छलफल गर्नेछ ।