• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

भारतीय बाँधले नेपाली भूमि डुबानमाः गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापाले सीमावर्ती क्षेत्र भारतीय पक्षले बाँध बनाएका कारण नेपाली भूमि डुबानमा परिरहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले सोमबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै थापाले भारतकै कारण तराई मधेसको नेपाली भूमि डुबानमा परेको बताएका हुन्।

समिति सदस्य एवं कांग्रेस केन्द्रीय सदस्य डिला पन्त संग्रौलासहितका नेताहरूले भारतीय पक्षसँग वार्ता गर्न ढिलाइ हुनुको कारण सोधेपछि गृहमन्त्री थापाले नेपालको भूमि डुबानको कारक भारत रहेको बताएका हुन्।

‘भारतीय पक्षले निर्माण गरेको बाँध र बाटोले नेपाली भूभाग डुबानमा गरिरहेको छ, नेपालको भूमि डुबान भारतीय हस्तक्षेपबाट भएको हो,’ थापाले सांसदहरूको प्रश्नको जवाफमा भने।

गृहमन्त्री थापाले सरकारका तर्फबाट विभिन्न चरणमा नेपाली भूमि डुबानका सन्दर्भमा संवाद र समाधानको पहल भइरहेको दाबी गरे। तर, संवाद सार्थक हुन नसकेको उनले स्वीकार गरे।

विभिन्न समयमा नेपाल भ्रमणमा आएका भारतका प्रधानमन्त्रीलाई यस विषयमा ध्यानाकर्षण गराइएको र अध्ययनका लागि कार्यदल निर्माण गरिएको जानकारी गृहमन्त्री थापाले दिए।

भारतीय पक्षले यस विषयमा चासो देखिएजस्तो गरे पनि समस्या समाधान गर्न तदारुकता नदेखाएको बताए। ‘सहमति, समझदारी भए, तर कार्यान्वयन भएन,’ उनले भने।

बैठकमा डिला पन्त संग्रौलाले भारतीय पक्षले निर्माण गरेको सडकका कारण नेपाली भूमि डुवानमा परेको बताउँदै वार्ताको पहल गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन्।

कांग्रेसका सांसदहरू देवेन्द्रराज कँडेल, दिलेन्द्रप्रसाद बडु, समाजवादी पार्टीका रामसहायप्रसाद यादव तथा नेकपा सांसद पम्फा भुसाल, यशोदा सुवेदी गुरुङले बाढी पहिरोको प्रकोपबाट प्रभावित नागरिकलाई राहत, उद्धार र पुनर्स्थापना गर्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सोमबार, असार २९, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.