• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हवाई क्षेत्र सुधारका लागि एडीबीद्वारा रु ६ अर्ब ऋण सहयोग

काठमाडौं । नेपालको नागरिक उड्डयन क्षेत्र सुधार कार्यक्रमका लागि एशियाली विकास बैंक ९एडीबी०ले ६ अर्ब रुपैयाँ बराबरको ऋण सहयोग दिएको छ । अर्थ मन्त्रालयका अनुसार यो ऋण नेपालको समग्र उड्डयन क्षेत्रको संस्थागत विकासमा खर्च गरिनेछ ।

‘एडीबीले लामो समयदेखि नेपाललाई अन्य क्षेत्रमा जस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि सहयोग गर्दै आएको छ । यो सहयोग पनि सोही अनुरूपको हो,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए । उक्त ऋण नागरिक उड्डयन सुधार कार्यक्रम तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित संस्थाहरूको कार्यक्षमता र कार्यप्रक्रिया सबल बनाउन परिचालन गरिने जानकारी उनले दिए । त्रिभुवन विमानस्थलको क्षमता विस्तार र भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण परियोजनामा समेत एशियाली विकास बैंककै ऋण सहायता उपलब्ध भएको उनले बताए ।

उड्डयन क्षेत्रको संस्थागत सुधार अन्तर्गत सरकारले अहिले प्राधिकरणलाई नियामक र सेवा प्रदायक संस्थाका रूपमा छुट्याउने गरी विधेयक तर्जुमा गरिसकेको छ । राष्ट्रियसभा विधायन समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणको विधेयकमाथिको छलफल सकिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए । अधिवेशनको प्रारम्भतिर प्रतिनिधिसभामा पेश गर्न सकिने वातावरण तयार भएको उनको भनाइ छ । ऐनको नयाँ मस्यौदामा प्राधिकरणले नियामकको काम गर्ने तथा हवाई सेवा प्राधिकरणले सेवा सञ्चालन गर्ने प्रावधान राखिएको छ ।

अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओ)ले सन् २००९ मा नेपालको नागरिक उड्डयन क्षेत्रको अडिट गर्दै प्राधिकरणबाट हुँदै आएको सेवा प्रदायक र नियमनकारी निकायको काम अलग अलग गर्न सुझाव दिएको थियो । यूरोपेली संघ (ईयू)ले पनि प्राधिकरणको सेवा प्रदायक र नियमनको काम छुट्टाछुट्टै संस्थाबाट गर्न सुझाउँदै आएको छ ।
प्राधिकरणको विभाजनबाट नेपालमा हवाई सुरक्षा अभिवृद्धि हुने र क्षमता समेत विकास हुने अपेक्षा गरिएको छ । एडीबीको सहयोग यसका लागि पनि खर्च गरिने प्राधिकरणले जानकारी दिएको छ । गतवर्ष आईकाओले पनि नेपाल नागरिक उड्डयन प्राधिकरणको संस्थागत सुधारका लागि रू। ५५ लाख २० हजार सहयोग घोषणा गरेको थियो । आईकाओले अन्य प्राविधिक सहयोग समेत गर्दै आएको छ ।

आइतबार, असार २८, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.