• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सरकारलाई व्यङ्ग्य दिदै ‘कार्वाही होइन फ्री मास्क अभियान’ सुरु

धनगढी । नेपाल सरकारले मास्क नलगाई निस्कनेलाई कार्वाही र पक्राउ अभियान शुरु गर्नु अघिदेखि नै हरिपृया–प्रकाश फाउन्डेसनले १९ हजार मास्क बाँडेको छ । सरकारले माक्स नलगाएर हिड्न निषेध गरेपछि जनातालाई माक्स बितरण सुरु गर्न अभियान संचालन भएको हो ।

काठमाडौँदेखि कैलालीसम्म सडकदेखि अस्पतालसम्म १० हजार मायाको कोसेलीको नारा दिँदै निःशुल्क अन्न, स्वास्थ–सौन्दर्यदेखि मोबाइल रिचार्ज कार्डसम्म युवानेता क्षितिज भण्डारीले बाँडेका छन् ।

नेपाली कांग्रेस महासमिति सदस्य एवं नेबिसंघ पूर्व कार्यबाहक अध्यक्ष रहेका भण्डारीले आमा स्वर्गीय हरिपृया भण्डारीको स्मृतिमा नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनमार्फत एक हजार सञ्चारकर्मीको मनोबल उच्च पार्न मायाको कोसेली दिँदै दिनहुुँ नागरिकलाई राहत बाँडिरहेका छन् ।

सडकदेखि कोरोना अस्पतालसम्म ९ बर्षको छोरी आराद्य्या र ७ बर्षकी क्यारोलिन भण्डारी मार्फत धनगढीमा निःशुल्क मास्क अभियानको शुरूवात मात्र गरिएन ती कलिला नानीमार्फत प्रादेशिक कोरोना अस्पताल मै राहत बाँडियो ।

धनगढीका मेयर नृप ओड, साहित्यकार गडसेरी माईला, महिला संघ अध्यक्ष पुष्पा भट्ट, नेपाल दलित संघका नेता नृप सुनार र शिक्षक–प्राद्य्यापकलाई प्रमुख अतिथि बनाउँदै युवानेता भण्डारीले एक दिने पूर्व सूचना दिएर निष्पक्ष ढङ्गले अन द स्प्ट राहत बाँडेकोमा प्रदेश सभा सांसद डिल्लीराज पन्तले खुशी ब्यक्त गरेका छन् ।

हरिपृया–प्रकाश फाउन्डेसनले धनगढीमा लकडाउनमा ज्यान जोखिममा राख्दै निःशुल्क खाना र क्वारेन्टिन संचालनलाई नव आदर्श युवा क्लब र अध्यक्ष निराजन खड्कासहित २४ जना समाजसेवी युवालाई प्रदेश सांसद डिल्लीराज पन्तद्वारा सम्मान गरेको छ ।

पन्चोदय उमाबिमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पन्तले सरकारले फ्री मास्क र सेनेटाईजर नबाँडेर सडकमा हिँडने बिपन्न नागरिकलाई कार्वाही गर्नु गलत हुनसक्ने बताए ।

उनले सबैलाई मास्क लगाएर आफू र परिवारलाई सुरक्षित पार्न आग्रह गरे । नेता पन्तले समाजको परिवर्तन आदर्श युवा क्लबका अध्यक्ष जस्ता युवाहरूबाट मात्र संभव रहेको बताउँदै कोरोना पीडितलाई राहत वितरण र युवा अभियन्ताको सम्मान कार्यक्रमका लागि युवानेता क्षितिज भण्डारीको निस्वार्थ सेवाभाव अनुकरणीय रहेको बताए ।

युवाको सम्मान अनि क्वारेन्टिनमा सहयोगको दुई बेग्लाबेग्लै कार्यक्रमका विशिष्ट अतिथि पन्चोदय उच्चमावि प्राचार्य हरिष ओझाले आफ्नो सम्मानलाई आयोजक हरिपृया–प्रकाश फाउन्डेसन र प्रदेश माननीयलाई धन्यवाद दिँदै स्कुल खोल्नका लागि चाँडै क्वारेन्टिन खाली गर्दै सेनेटाईज गराउन प्रदेश र स्थानीय सरकारसंग माग गरे ।

मङ्गलबार, असार २३, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.