• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘चिनियाँ राजदूतको सक्रियता अस्वभाविक र हस्तक्षेपकारी’

काठमाडौं,  :  सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद चरम उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूत होउ याङ्छी सक्रिय बनेकी छन्।

गत बैशाखमा नेकपाभित्र विवाद चर्किएका बेला पनि चिनियाँ राजदूत याङ्छीको नेकपा नेताहरुसँगको राजनीतिक भेटवार्तापछि विवाद सामसुम भएको थियो। गत असार १४ गते मदन भण्डारीको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफूलाई हटाउन खोजेको अभिव्यक्ति दिनु र सोही विषयले नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला अर्को छिमेकी मुलुक चीनका राजदूतको सक्रियताले नेकपामा विदशी शक्ति केन्द्रको प्रवेश भएको रुपमा टिप्पणी गर्न थालिएको छ।

आइतबार साँझ नेकपाका वरिष्ठ नेता तथा विदेश विभाग प्रमुख माधवकुमार नेपालसँग याङ्छीले भेटेकी थिइन्। त्यसअघि उनले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि सुटुक्क भेटवार्ता गरेकी थिइन्। जारी स्थायी कमिटी बैठकमा सरकार र पार्टी सञ्चालन दुवै मोर्चामा असफल भएको भन्दै नेकपा नेताहरु प्रचण्ड, नेपाल लगायतले प्रधानमन्त्री ओलीको राजीनामा मागेका थिए।

स्थायी कमिटीमा दुई तिहाइभन्दा बढी सदस्यहरुले प्रधानमन्त्रीको राजीनामा मागेपछि नेकपाभित्र विवाद चुलिएको थियो। विवाद बढ्न थालेपछि प्रधानमन्त्रीले पार्टीभित्र र सभामुखसँग समेत सल्लाह नगरी संसद अधिवेशन बन्द गराएका थिए।

बैशाख पहिलो साता सरकारले राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद चर्किएको थियो। त्यतिबेला प्रधानमन्त्री ओली र इतर समूहबीच हस्ताक्षर अभियान नै चलाइएको थियो। त्यतिबेला पनि चिनियाँ राजदूत याङ्छी सक्रिय बनेकी थिइन्। कतिपयले त्यो बेला चर्किएको विवाद राजदूत याङ्छीकै सक्रियतामा साम्य भएको टिप्पणी समेत गरेका थिए।

आन्तरिक राजनीतिमा कुनै पनि देशका राजदूतले चासो लिनु र त्यसलाई मिलाउन वा विगार्न सक्रिय हुन सबै कोणबाट गलत भएको विश्लेषकहरुको भनाइ छ।

नेकपाको पछिल्लो विवादमा चिनियाँ राजदूतको बढ्दो सक्रियता अस्वभाविक भएको विश्लेषकहरुले बताएका छन्। ‘नेपालमा अस्थिरता बढ्दा छिमेकीलाई चासो हुनु स्वभाविक हो। तर, त्यसलाई कसरी अभिव्यक्त गर्ने भन्ने मुख्य कुरा हो,’ राजनीतिक विश्लेषक प्राध्यापक कृष्ण पोखरेलले भने, ‘सत्तारुढ दलभित्र विवाद भइरहँदा कुनै पनि देशका राजदूतले नेता भेट्नु अस्वभाविक हो।’

नेपालमा अस्थिरता रहँदा सीमा जोडिएका चीन र भारत दुवैले चासो हुनु स्वभाविक हो। तर, पार्टीभित्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप निम्ताउनु उचित नभएको उनीहरुको धारणा छ।

‘भारतले पनि अहिले नेपालको राजनीतिक गतिविधिलाई पक्कै चासो देखाएको छ। तर, उसले यसअघि गरेका गतिविधिका कारण मौन देखिएको छ,’ पोखरेल भन्छन्, ‘नेपालमा अस्थिरता हुँदा स्वशासित क्षेत्र तिब्बतसँग जोडिएका चीनका चासो होलान्। कम्युनिष्टकै सरकार भएकाले अर्को सेन्टिमेन्ट होला। त्यसले पछिल्ला गतिविधिमा चीनको चासो रहनु अस्वभाविक होइन, तर त्यसलाई सम्बोधन गर्ने शैली चाहिँ स्वभाविक होइन।’

प्रधानमन्त्री ओलीले राजीनामा नदिने र इतरसमूहको राजीनामा दिनुपर्ने अडानले नेकपाभित्रको आन्तरिक राजनीतिमा प्रवेश गरेको चिनियाँ चासोका विषयमा सामाजिक सञ्जालमा समेत टिप्पणी भइरहेका छन्। कसैले चिनियाँ राजदूतको सक्रियतालाई नेकपा मिलाउने ‘फेबिकल’को संज्ञा दिएका छन् भने कसैले नेताहरुको बुद्धि विवेकमाथि प्रश्न उठाएका छन्।

पूर्वपरराष्ट्रमन्त्री कमल थापाले ‘रिमोट कन्ट्रोल’बाट चल्ने लोकतान्त्रिक गणतन्त्रले नेपालको हित नगर्ने बताएका छन्। ‘प्रम ओली भन्नुहुन्छ– सरकार गिराउन भारतीय राजदूत सक्रिय भए। अर्कोतर्फ चिनियाँ राजदूत सरकार बचाउन नेताहरुको घर पुग्छिन्। के यस्तै रिमोट कन्ट्रोलबाट चल्ने लोकतन्त्रिक गणतन्त्रले नेपालको हित गर्छरु राष्ट्रियता जोगाउन सक्छरु स्वाभिमान र निर्णायकत्व गुमाएको व्यवस्थाले देश बनाउन र बनाउन सक्दैन,’ उनले ट्वीट गर्दै भनेका छन्।

पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले चिनियाँ राजदूतको गतिविधिप्रति व्यंग्य गर्दै ट्वीटमा भनेका छन्, ‘कसो नटाँसिएला त? फेबिकोल नै लगाएपछि! हौ कान्छी!!’
पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झाले राजदूत याङ्छीको सक्रियतालाई जोडेर नेताहरुको विवेकमाथि प्रश्न उठाएका छन्। ‘के हाम्रा पार्टी र नेताहरु यति नालायक छन् कि हाम्रा छिमेकीहरुले तिनलाई मिलाइदिनुपर्ने र कहिले फुटाइदिनुपर्नेरु हाम्रा दल र नेताको आफ्नो बुद्धिविवेक छैनरु,’ उनले ट्वीटमा भनेका छन्।

सामाजिक सञ्जालमा एउटा छिमेकीले मलाई हटाउन लागे भनेर रोइकराई गर्ने प्रधानमन्त्रीले अर्को छिमेकीलाई विवाद समाधानका लागि निमन्त्रणा गर्नु गम्भीर गल्ती भएको टिप्पणी गरेका छन्।

विधि र विधान मान्ने हो भने कुनै पनि देशका राजदूतले नेपाली नेताहरु, प्रधानमन्त्री वा अन्य सरकारी अधिकारी भेट्दा परराष्ट्र मन्त्रालयमार्फत जानकारी गराएका मात्रै भेटवार्ता गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय विवादका बेला चिनियाँ राजदूतले नेताहरुसँग राति सुटुक्क गरिरहेको भेटले कूटनीतिक सीमा नाघेको टिप्पणी परराष्ट्र विज्ञहरुको छ।

‘विदेशी राजदूतले एउटा पार्टीको चरम विवाद भएका बेला नेताहरुसँग भेटवार्ता गर्ने, विवाद मिलाउन न विगार्न अग्रसरता लिनु हस्तक्षेप नै हो’ एक पूर्वराजदूतले नाम नलेख्ने सर्तमा भने, ‘कूटनीतिको पनि प्रक्रिया हुन्छ, कसलाई भेट्ने कसरी भेट्ने, भेटलाई कसरी लिपिवद्ध गर्ने भन्ने तर त्यसलाई पाखा लगाएर हुने यस्ता गोप्य भेट जुन देशका राजदूतले गरेपनि गलत हो।’

केही महिनाअघि चिनियाँ राजदूतावासले दी काठमाडौं पोष्टमा प्रकाशित एक लेखप्रति असहमति जनाउँदै तत्कालीन प्रधानसम्पादक अनुप काफ्लेलाई कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको थियो।

सोमबार, असार २२, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.