• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

नेकपाभित्रको विवाद उत्कर्षमा, ओलीले भने- राष्ट्रियता र पार्टी एकता दुवै संकटमा

काठमाडौं- नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ। विवाद बढ्दै जाँदा झन्डै दुई तिहाइको बहुमत प्राप्त प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार संकटमा परेको छ भने तीन वर्षअघि एकीकरण भएको नेकपाको एकता पनि अन्योलमा परेको छ।

असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा नेताहरुले भारतसँगको सीमा विवादका विषयमा आफ्ना धारणा राखेपछि अन्य एजेन्डामा छलफल नगरी नेताहरु प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि खनिन थालेपछि आजसम्म आइपुग्दा विवाद निकै उत्कर्षमा पुगेको छ।

नेकपाको नौ सदस्यीय सचिवालयका ६ सदस्य प्रधानमन्त्री ओलीलाई जसरी पनि एउटा पदबाट हटाउने तयारीमा छन्। प्रधानमन्त्री ओली भने कुनै पद छाड्ने मनस्थितिमा नदेखिएपछि विवाद बढेको हो।

यसैबीच प्रधानमन्त्री ओलीले राष्ट्रियता र पार्टी एकता दुवै संकटमा परेको बताएका छन्। शनिबार साँझ बालुवाटारमा मन्त्री र राज्यमन्त्रीहरुसँगको परामर्शमा उक्त कुरा बताएको एक राज्यमन्त्रीले जानकारी दिए।

प्रधानमन्त्री ओलीले अहिलेकै घटनाक्रम बढ्दै गए पार्टीभित्र एकै ठाउँमा रहने सम्भावना न्यून रहेको संकेत गरेका थिए। उनले आफूलाई पदबाट हटाउन षडयन्त्र भइरहेको बताएका थिए।

अर्का अध्यक्ष पुष्पकमल दाहालले दुई पदमध्ये एउटा छाड्न दबाब दिएपछि प्रधानमन्त्री ओली निकै तनावमा छन्।

परामर्शमा प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै ती राज्यमन्त्रीले भने, जति प्रयास गर्दा पनि कुरा मिल्ने सम्भावना न्यून हुँदै गएको छ।ु

ओलीले कुन कित्तामा लाग्ने हो सोच्न पनि मन्त्रीहरुसँग बताएका थिए। उनले यसका लागि पर्याप्त समय रहेको पनि बताएको ती राज्यमन्त्रीले जानकारी दिए।

यसअघि प्रधानमन्त्री ओली शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि निवास बालुवाटार फर्किएका थिए। बालुवाटार फर्किएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीसँग परामर्श गरेका थिए।

शनिबार साँझ नै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसहित ६ जना सचिवालय सदस्य भने खुमलटारमा छलफलमा व्यस्त थिए।

ओलीले दुईमध्ये एक पद छाड्न अस्वीकार गरेमा अब एकपटक शीर्ष तहमा छलफल गर्ने र त्यसबाट पनि निकास नआए स्थायी कमिटीको बैठकबाट निकास दिने निर्णय भएको स्रोतले बतायो।

छलफलमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए।

नेकपाको ९ सदस्यीय सचिवालय सदस्यमध्ये प्रधानमन्त्री ओलीका साथमा रक्षामन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल छन्।

प्रधानमन्त्री ओलीले बिहीबार अर्का अध्यक्ष पुष्पकमल दाहालसँग भएको सहमति विपरीत संसद्को बर्खे अधिवेशन पार्टीलाई जानकारी नै नदिई अन्त्य गरेका थिए।

त्यसपछि शुक्रबार नेताहरुबीच विवादित विषयलाई सहमतिमा टुंगो लगाई शनिबार स्थायी कमिटी बैठक बस्ने कार्यक्रम थियो। तर शनिबार स्थायी कमिटी बैठक बस्न सकेन भने प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल आआफ्नै गुटगत भेलामा लागेका छन्।

यसबीचमा पार्टीको दोस्रो तहका नेताहरुले विवाद मिलाउन प्रयास जारी राखेका छन्।

आइतबार, असार २१, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.