धनगढी :सुदूरपश्चिमका विभिन्न अस्पतालबाट चार सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ चार सय ७९ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।
उनका अनुसार मंगलवार मात्रै ९१ जना संक्रमितलाई विभिन्न अस्पतालमा डिस्चार्ज गरिएको छ। डडेल्धुराबाट ६८ जना, डोटीबाट १८ जना, महाकाली अस्पतालबाट तीन जना, टीकापुर अस्पतालबाट र अछाम अस्पतालबाट एक÷एक जना गरी ९१ जनालाई डिस्चार्ज गरिएको उनले बताए।
सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि डडेल्धुराका एक सय ३७, डोटीका एक सय २४, कञ्चनपुरका ८८ र कैलालीका ७६ जना संक्रमितलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ। अछामबाट २८, दार्चुलाबाट १३, बैतडीबाट ९, बझाङ र बाजुराबाट दुई÷दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ।
उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन्। यस्तै सुदूरपश्चिम प्रदेशका ९१ जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन्।
मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४०, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १२, अछाम अस्पतालमा १०, सेती अस्पतालमा चार, डोटी बाजुरा अस्पतालमा दुई÷दुई जनाको उपचार भईरहेको छ।
सुदूरपश्चिममा सात जना संक्रमितको मृत्यु भईसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या दुई हजार चार सय ८३ पुगेको छ।
