• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कांग्रेससँग नभएका केही गुण

  • घनेन्द्र ओझा
सात दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस नेपाली राजनीतिको अभिभावक दल हो । १०४ वर्षे जहानियाँ राणा शासनको अन्त्यका लागि होस् वा ३० वर्षे निर्दलीय पंचायती व्यवस्थाको अन्त्यका लागि, हरेकजसो नेपाली राजनीतिक आन्दोलनको अग्रभागमा रहेर मुलुक र मुलुकबासीलाई लोकतान्त्रिक व्यवस्थामा लैजान सधैँ प्रयत्नशील रहेको दल पनि हो कांग्रेस । विगतमा वीपी कोइराला, मातृकाप्रसाद कोइराला, सुवर्णशम्शेर, गणेशमान, कृष्णप्रसाद भट्टराईहरुले जन्माएर हुर्काएको कांग्रेसमा देश र जनताप्रतिको जिम्मेवारी र उत्तरदायित्वबोध अत्यधिक थियो । आपसी मतभेद र द्वन्द्व रहिरहँदा पनि आफ्ना आदर्श र मान्यताबाट अविचलित कांग्रेस क्रमशः आदर्शबाट च्यूत हुँदै जानुको परिणाम आज देश, जनता र स्वयं कांग्रेसले भोगिरहेको यथार्थ हो ।

यस आलेखमा छोटोमा नेपाली कांग्रेससँग नभएका केही गुणबारे चर्चा गर्ने प्रयत्न गरिएको छ ।

इमान, आदर्श र सैद्धान्तिक निष्ठा

अभिभावक दल अथवा देशकै पुरानो राजनीतिक दल हुनुका अर्थमा कांग्रेससँग देश र जनताका केही अपेक्षा हुनु अन्यथा होइन । जस्तो कि ऊ आफैँले आफ्नालागि बनाएको सिद्धान्तप्रतिको निष्ठा, वैचारिक आदर्श र त्यसको इमान्दार पालना । कांग्रेसले समाजवादलाई आफ्नो लक्ष्य बनायो । वीपी कोइरालाले प्रजातान्त्रिक समाजवादको मार्ग देखाएर कांग्रेसको बाटो कोरिदिए । यद्यपि, कांग्रेसले समाजवादको समा पुग्नु त कता हो कता प्रजातन्त्रको पसमेत टेक्न सकेन ।

२००७ सालदेखि २०१५ सम्म, २०१५ देखि २०१७ सालसम्म, २०४६ यता पनि पटक पटक सत्ता सम्हालेको कांग्रेसले आफू सत्तामा रहँदा आधारभूत प्रजातान्त्रिक आचरण र व्यवहार त देखाउन सकेन नै आन्तरिक विवाद, लुछाचुँडी, लडाउने तिकडम र भ्रष्टाचारमा नै आफ्नो कार्यकाल वा सत्तावधि बितायो । यसको परिणाम वीपीले बनाइदिएको मार्ग प्रजातान्त्रिक समाजवादलाई विस्तारै कांग्रेसले बिर्संदै गयो र सत्तास्वार्थमा लिप्त नेतृत्वले आफू भलो त जगत भलोको मान्यतालाई आत्मसात् गर्दै गए ।

जसले जे गरे पनि हुने, जे भने पनि हुने, पार्टी र नेतृत्वप्रतिको सम्मान नराख्ने, गाली गलौज र तल्लो स्तरको आलोचनामा उत्रिन सक्ने कांग्रेस नेता तथा कार्यकर्ताका कारण कांग्रेस अराजक र अनुशासनहीनहरूको भीड बन्न पुगेको यथार्थ हो ।

इमान र आदर्शबाट च्यूत भइसकेपछि कुनै पनि व्यक्ति वा संस्थाको अस्तित्व बुख्याँचा बराबर हुनु अनौठो होइन । कुनै पनि व्यक्ति वा संस्थाको प्राण भनौँ वा व्यक्तित्व उसको इमान र आदर्श नै हो । कांग्रेसको हविगत विस्तारै यस्तै हुँदै गयो ।

निष्पक्षता, समानता, सकारात्मक विभेद

कुनै पनि संस्थाको जीवन्तता, गतिशीलता र निरन्तरताका लागि केही गुणहरु अतिआवश्यक हुन्छन् । मुलुकको महत्त्वपूर्ण राजनीतिक दलमा त यस्ता गुणहरुको झनै महत्त्व हुने गर्छ । आममानिसको आस्थाको केन्द्र, भरोसाको आधार र विश्वास रहने राजनीतिक दलमा पक्षपातरहित प्रणाली, समावेशी र समानतापूर्ण संगठन र सकारात्मक विभेद हुनु जरुरी हुन्छ । नेपाली कांग्रेस आफ्नो सिद्धान्त र आदर्शबाटै समानता, निष्पक्षता र समावेशिताको पक्षधर देखिन्छ । तथापि, व्यवहारमा कांग्रेसभित्र यस्तो छैन ।

कांग्रेसमा स्थापनाकालदेखि नै व्यक्ति व्यक्तिका गुट अस्तित्वमा छन् । विगतमा सहोदर दाजुभाइ वीपी र मातृकाप्रसाद अनि पछि सुवर्णशम्शेरका विभिन्न गुटहरु रहे । यसले कांग्रेसलाई कमजोर बनाउँदै राजा महेन्द्रलाई २०१७ पुस १ ल्याउन सहज बनाइदिएको थियो भने ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थालाई टिकाइरहन पनि कांग्रेसभित्रको अन्तरद्वन्द्वले केही हदसम्म सहयोग गरेको थियो ।

कांग्रेसमा रहेको गुटबन्दीकै कारण २०४८ मा बहुमतप्राप्त सरकार ३ वर्षमै विघटित भई मध्यावधि निर्वाचनमा देश होमिन बाध्य भयो । तर परिणाम, बहुमतप्राप्त कांग्रेस दोस्रो दलमा झर्नुपरेको थियो । कांग्रेस बलियो र एकताबद्ध हुन नसक्नुको परिणाम देश सधैँ अस्थिर र अव्यवस्थित रहिरह्यो । यो क्रम आजपर्यन्त जारी छ ।

अर्थात् कांग्रेसमा पक्षपाती व्यवहार अत्यन्त धेरै छ । नेतृत्व निकटका व्यक्तिले मात्र पार्टीमा जिम्मेवारी र अवसर प्राप्त हुने, अन्यले कुनै हैसियत नपाउने विगतदेखिकै कांग्रेसभित्रको समस्या हो । दाइ, दिदी वा मामा, काका, भिनाजु, फुपाजूको नेतृत्वमा हालिमुहाली रहुन्जेल अरुले कांग्रेसमा अवसर पाउन निकै मुस्किल थियो र छ अद्यापि ।

यसरी नै समाजवादको लक्ष्य राखेको कांग्रेसभित्र समाजवादसम्म पुग्न महत्त्वपूर्ण शर्त समानता र समावेशिता देखिँदैन । आसेपासे, नातेदार र चाकरीबाजको झुण्डले घेरिएको नेतृत्वले आफ्नो पार्टीको आदर्श प्रजातन्त्र र समाजवादलाई त्यसबेला भुल्दै आएको छ, जतिबेला आमजनताले पार्टीमा नेतृत्वको अवसर पाउने समय आउँछ । बरु त्यसबेला भाइ, बहिनी, छोरी, ज्वाइँ, भान्जा, भान्जी, भतिज, भतिजी, यी नभए घरका भान्से, भँडारे वा कुचीकारसम्मलाई नेतृत्वमा ल्याउन हरदम प्रयास गरिन्छ । पिछडिएको वर्ग, सीमान्तकृत, अल्पसंख्यक, महिला, अपांग, दलित आदिको स्थान अत्यन्त न्यून मात्र रहन्छ कांग्रेसमा । सकारात्मक विभेद, जो हरेक समाजका निम्ति अत्यन्त आवश्यक हुन्छ, त्यो कांग्रेसभित्र कोरा सैद्धान्तिक गफ मात्र बन्दै आएको छ ।

अध्ययन, प्रशिक्षण र अनुशासन

समाज गतिशील छ । प्रकृति पनि एकनास छैन । सूचना प्रविधि र विज्ञानको विकास तीब्रतर रुपमा भइरहेको छ । हरेक दिनजसो दुनियाँमा नयाँनयाँ आविष्कार भइरहेका छन् । नयाँनयाँ कुराहरु आइरहेका छन् । राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा नयाँनयाँ कुराहरु विकसित भइरहेका छन् । यी कुराहरुबाट आजका मानिस, त्यसमा पनि राजनीतिकर्मी अनभिज्ञ हुनु दुर्भाग्य हो ।
नेपाली कांग्रेसका नेता र कार्यकर्तामा अध्ययनप्रतिको जाँगर पटक्कै देखिँदैन । यसका कारण प्रतिस्पर्धी राजनीतिक दल र परिवेशसँग कांग्रेसका नेता तथा कार्यकर्ता तर्क गर्न र प्रतिस्पर्धामा खरो उत्रिएर आममानिसलाई कन्भिन्स गर्न असमर्थ छन् । यति मात्र होइन, राज्य संचालनको तहमा पटकपटक पुगेको र प्रमुख प्रतिपक्ष तथा वैकल्पिक सरकारको नेतृत्वकर्ताका रुपमा समेत रहेको कांग्रेसका नेतृत्व अध्ययनमा उदासीन रहनुका कारण कुनै ठोस र गतिला नीति र कार्यक्रम ल्याउन तथा यस्ता कार्यक्रम र नीतिका लागि सरकारलाई दबाब दिनसमेत सकेको छैन कांग्रेसले ।

कांग्रेससँग नभएको अर्को गुण अनुशासन हो । व्यक्ति होस् वा संस्थामा निश्चित अनुशासन नरहेमा उक्त व्यक्ति र संस्था अराजक, अस्थिर र अनुत्तरदायी बन्छ । यसर्थ पार्टीका निश्चित मान्यता र मूल्यहरूको रक्षार्थ पनि कांग्रेस नेतृत्वमा अनुशासन जरुरी छ । जसले जे गरे पनि हुने, जे भने पनि हुने, पार्टी र नेतृत्वप्रतिको सम्मान नराख्ने, गाली गलौज र तल्लो स्तरको आलोचनामा उत्रिन सक्ने कांग्रेस नेता तथा कार्यकर्ताका कारण कांग्रेस अराजक र अनुशासनहीनहरूको भीड बन्न पुगेको यथार्थ हो ।

यस्तै, संस्था/ संगठन सञ्चालनका लागि संस्था वा संगठनका सदस्यहरू उक्त संस्था र संगठनका सिद्धान्त, नीति, मूल्य र मान्यताका बारेमा जानकार हुनु आवश्यक छ । आफ्नो संस्था वा संगठनको मार्ग के हो, दिशा कुन हो र लक्ष्य के हो भन्नेबारेमा त्यसका सदस्य वा कार्यकर्ता अनभिज्ञ रहिरहनुले कार्यकर्ता वा सदस्यले कुन बाटो हिँड्ने, के गर्ने र के नगर्ने भन्ने भेउ पाउन सक्दैनन्, जसका कारण संगठन सही दिशामा अघि बढ्न सक्दैन । नेपाली कांग्रेस पुरानो राजनीतिक दल भएर पनि यसले आमकार्यकर्ता वा यसका सदस्यलाई आफ्नो राजनीतिक सिद्धान्त, दर्शन, मूल्य र मान्यताका बारेमा प्रशिक्षित गर्न सकेको छैन । यतातिर नेतृत्वको रुचि र जाँगर पनि त्यति देखिँदैन । बरु नेतृत्व कसरी अवसर हडप्ने भन्नेमा नै बढी केन्द्रित रहेको पाइन्छ ।

एजेण्डा निर्धारण र विमर्श

कांग्रेसमा नभएको अर्को कुरा तात्कालीन र दीर्घकालीन एजेण्डा निर्धारण गर्न नसक्नु हो । साथै समकालीन आवश्यकता र विषयहरूमा गम्भीर विमर्शको आवश्यकता पनि कांग्रेसले महसुस गरेको पाइँदैन ।

पछिल्लो समय त कांग्रेससँग कुनै पनि गतिला र आमचासोका एजेण्डा देखिँदैन । ‘लोकतान्त्रिक अभ्यास’का नाममा गलत एजेण्डाको उठान र रटान अनि गलत अभ्यासबाट ‘आन्दोलन’ कांग्रेसका लागि प्रत्युत्पादक मात्र बनिरहेका छन् । पछिल्ला डा. गोविन्द केसीदेखि यताका हरेकजसो सरकारविरोधी एजेण्डामा कांग्रेस छिरिरहेको छ तर यसको सधैँ सकारात्मक प्रभाव मात्र परिरहेको छैन । कुन एजेण्डा सही हो यो समयमा र कुन एजेण्डा तात्कालिक मात्र हो भन्ने छुट्याउन कांग्रेसलाई सहज भएजस्तो लाग्दैन ।

भर्खरै पनि केही दिनअघि कांग्रेसले प्रधानमन्त्रीलाई संसदमा बोल्नबाट अवरोध गर्‍यो र पत्रकार सम्मेलनमार्फत् बहुआलोचित गुठी विधेयक फिर्ता लिएको घोषणा गर्न बाध्य भयो सरकार ।

संसदीय व्यवस्थामा संसद प्रतिपक्षको हो भन्ने मान्यता स्थापित छ । पहिला प्रतिपक्षले बोल्ने (सवाल राख्ने) अभ्यास अन्यथा होइन, यद्यपि, सार्वजनिक महत्त्वका विषयमा प्रधानमन्त्रीले बोल्न चाहेमा प्रधानमन्त्रीलाई पहिला बोल्न दिइने अभ्यास पनि लोकतान्त्रिक अभ्यास नै हो भन्ने कांग्रेसले बुझेको रहेनछ । यसै कारण गलत अभ्यासको सिकार संसद बन्न पुग्यो ।

कांग्रेसले गम्भीर राष्ट्रिय मुद्दाहरूमा बहस, छलफल र विमर्श गर्ने जाँगर पनि देखाउन सकेको छैन । केही कोटरीका मानिसका विश्वासमा गरिने कतिपय निर्णय राष्ट्र, जनता र स्वयं पार्टीका लागि पनि घातक हुने कुरामा कांग्रेस कहिल्यै सचेत भएन ।

त्यसो त पाटीभित्रकै केही महत्त्वपूर्ण नीति र कार्यहरूका बारेमा पनि गम्भीर र खुला विमर्श गर्न कांग्रेस नेतृत्व सधैँ डराउँछ । यसो गरेमा पार्टी–सत्ता गुम्ने त्रासमा कांग्रेस नेतृत्व सधैँ रहेको हुन्छ । तर यसले न त कांग्रेस पार्टी स्वयम्लाई अथवा यसका नेतृत्वलाई नै हित छ । बरु खुला र गम्भीर विमर्शले पार्टी र नेतृत्वलाई सही मार्गमा लैजान सक्छ ।

सोमबार, असार ०९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीका ग्रामीण कच्ची सडकमा राति गाडी चलाउन रोक
असार १५ मा हिलो खेल्ने बढे, खेती गर्ने घटे
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा प्यानल बनाउन नपाइने

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.