धनगढी, १३ असार- कैलालीको लम्कीचुहा –८ गप्कामा एक निजी माछा पोखरीमा गोही फेला गरेको छ । स्थानीय लम्कीचुहा ८ गप्काका रङ्गबहादुर थ्यायत खड्काको माछा पोखरीमा करिब २५ किलो बराबर मगर फेला परेको हो ।
संरक्षित जिव भएको सब डिभिजन वन कार्यालय रामपुर बौनियाले नियन्त्रण लिएर पलमानपुर डिभिजन वन कार्यालयमा बुझाएको सहायक वन अधिकृत राम बहादुर रावलले जानकारी दिए ।
तालमा माछा मार्ने क्रममा जालमा गोही फेला परेको माछा पोखरी संचालक रङ्गबहादुर थ्यायत खड्काले जानकारी दिए ।
डिभिजन वन कार्यालय पहलमानपुरले गोही शनिबार नै घोडाघोडी तालमा छोडिएको बताईएको छ ।