धनगढी, ९ असार- उद्योग वाणिज्य संघ कैलालीले सहकार्यका लागि धनगढी उप–महानगरपालिका संग अनुरोध गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, बरिष्ठ उपाध्यक्ष पुष्कर ओझा, महासचिव ओम बिष्ट लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई सहकार्यका लागि अनुरोध पत्र हस्तान्तरण गरेका हुन । पत्रमा सहकार्यका लागि बार्षिक कार्यक्रममा समेटिनुपर्ने १४ वटा बुदा राखिएका छन् ।
पत्रमा कोभिड १९ बाट प्रभावित प्रति ब्यावसायी कर र घर बहाल कर न्यूनतम् गरिनुपर्ने , लकडाउनको अवधीमा ब्यावसायीक सटरको भाडा छुट, कोभिड जस्ता महामारीबाट भोलिको दिनमा बच्नका लागि सवारी पार्किङ्ग, पैदल र साईकल यात्रुको अलगअलग लेन तयार गर्नुपर्ने लगायत १४ वटा माग सहित सहकार्यका बुदाहरु रहेकाछन्