सर्खेत
असार ८
रुकुम पश्चिमको चौरजहारी अस्पतालको आईसोलेसनमा उपचार गराईरहेका सल्यानका ९ जना युवाले कोरोना जितेर घर फर्किएका छन् ।
उनिहरु गत जेष्ठ २८ गते कोरोना पोजेटिभ रिपोर्ट आए पछि चौरजहारी अस्पतालको आईसोलेसनमा रहि उपचार गराइरहेका थिए । सोमवार उनिहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि ९ जना युवाहरुलाई अस्पतालको आइसोलेशनबाट डिस्चार्ज गरिएको हो ।
उनीहरु संगै कोरोना अस्पताल भर्ना भएका अन्य २ जनाको रिपोर्ट भने पोजेटिभ आएपछि उनीहरुको थम उपचार भैरहेको अस्पतालले बताएको छ । कोरोना अस्पतालमा उपचार गराईरहेका वनगाड कुपिन्डे नगरपालिका वडा नम्वर ३ का २४ वर्षिय र २५ वर्षिय पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका मेडिकल डाईरेक्टर कालेव वुढाले जानकारी जानकारी दिए ।
कोरोना लाई जितेर स्वस्थ भई घर फर्कनेमा वनगाड कुपिन्डे नगरपालिका वडा नम्वर ३ का ३० वर्षिय पुरुष सोही वडाका २६ वर्षिय पुरुष वडा नम्वर ४ का वर्ष २०,२१,२५,२७, २८ र ३०,वर्षिय पुरुष रहेका छन ।
त्यसैगरी सोहि नगरपालिका वडा नम्वर ५ खैरागारका २२ वर्षिय पुरुष पनि कोभिड १९ कोरोना भाईरस लाई जितेर घर फर्किएका छन । उनीहरुले अस्पतालका स्वास्थ्यकर्मिले आफुहरुलाई गरेको व्यवहारको प्रसंसा गरेका थिए ।
आफुहरुको निग्रानिमा खटेका स्वास्थ्यकर्मि र आफुहरुले एकै किसिमको खाना खाने गरेको र आईसोलेसनको व्यवस्थापन सोचेभन्दा पनि राम्रो भएको कुपिण्डे ४ का लोक वहादुर वुढाले बताए ।
उनले कोरोना भाईरस लाग्दैमा आत्तिनु पर्ने अवस्था नरहने र आत्मावल वलियो वनाएको खण्डमा कोरोना लाई जित्न सकिने बताएका थिए । त्यस्तै सोही नगरपालिका वडा नम्वर ३ का २६ वर्षिय पुरुष भोला पुनले आफनो रिपोर्ट पोजेटिभ आएपनि सिटामोल नखाएर कोरोना भाईरसलाई जित्न सफल भएकोमा खुसि व्यक्त गरेका थिए । डिस्चार्ज भएका सबैलाई चिकित्सकले ७ दिन होम क्वारेनटाईनमा वस्न सुझाव दिएका छन ।
चौरजहारी अस्पतालको आईसोलेसनमा वसेका सल्यानका युवा मजदुरीको सिलसिलामा भारतको गुजरात वाट गएको जेष्ठ १० गते स्थानीय नगरपालिकाले वनाएको क्वारेन्टाइनमा वसेका थिए ।