धनगढी, ७ असार- धनगढीमा थप १८ जनामा कोरोना पुष्टि भएको छ । आईतवार धनगढी स्थित प्रयोगशालामा गरिएको परिक्षणमा १८ जना उपमहानगरपालिका क्षेत्रका १८ जनामा कोरोना पुष्टि भएको हो । उनीहरुमध्ये सवैभन्दा वढी वडा नम्बर ९ का रहेका छन । त्यो वडाका ९ जना रहेका छन् ।
थपिएका १८ जना मध्ये ९ जना एकै वडाका दुई क्वारेन्टिनमा वसिरहेका रहेका छन् । वडा नम्बर ९ को भवनानी मावि र सरस्वती आधारभुत विद्यालयमा वसिरहेका छन् । क्वारेन्टिनमा वसिरहेका दुई परिवारलाई कोरोना पुष्टि भएको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।
त्यसैगरी धनगढीको वडा नम्बर ८ का ३ जना वडा नम्बर २, वडा नम्बर २ का दुई दुई जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी वडा नम्बर ६ र ११ मा एक एक जनामा कोरोना पुष्टि भएको छ ।