कञ्चनपुरमा अपाङ्गता भएका व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ। सीबीएमको सहयोगमा नेपाल अपाङ्ग महिला संघ कञ्चनपुर मार्फत पाँच स्थानिय तहका अपाङग व्यक्तिहरुलाई खाद्यान्न तथा स्वास्थ्य समाग्री वितरण गरिएको हो।
जिल्लाका शुक्लाफाँटा नगरपालिका , बेदकोट नगरपालिका , पुर्नवास नगरपालिका , बेल्डाँडी गाउँपालिका र लालझाडी गाउँपालिकामा राहत सामाग्री वितरण गरेको हो।

पाँच वटै स्थानिय तहमा सक्षम महिला परियोजना सञ्चालित क्षेत्रका अपाङगता भएका व्यक्तिहरुलाई सहयोग गरिदै आएको छ।
पाँचै स्थानिय तहका तीन सय ३५ जना अपाङगलाई खाद्यान्न सामाग्री बितिरण भईसकेको र एक सय १० जना अपाङगलाई हाईजिन किट बितरण भईरहेको सक्षम महिला परयिोजना कञ्चनपुर संयोजक पुजा पन्तले बताईन्।
त्यस्तै ४२ जना कुष्ठरोग संक्रमितलाई र २४ जना मेरुदण्ड समस्याका कारण अपाङगता भएका व्यक्तिलाई मेडिकल किट वितरण भईरहेको संयोजक पन्तले जानकारी दिईन्।
