चौमाला ३ असार- कैलालीको गौरीगंगा नगरपालिका–४, की ७ वर्षिया बलात्कृत बालिका बलात्कृत भएको समाचार प्रकाशित भएपछि उपमेयर र वडा अध्यक्ष पिडितको अबस्था बुझ्न घर पुगेका छन् ।
असार २ गते सुदूरपत्र अनलाईनले ‘सात वर्षिया बालिका करणी गर्ने ८० बर्षिय बृद्ध ५० हजारमा छुटे’ शिर्षकमा समाचार प्रकाशित गरेपछि उनीहरुको ध्यानाकर्षण भएको बताईएको छ ।
‘समाचार आएपछि उममेयर र वडा अध्यक्ष अबस्था बुझ्न घर आएका छन्’ पिडित वालिकाकी आमाले भनिन्–‘छोरीको अबस्था बुझेपछि न्यायका लागि आस्वास्थ पार्दै गएका छन् ।’
पिडक बृद्ध ५० हजार रुपैयाँ धरौटी तिरेर जेठ २९ गते रिहा भएका थिए । यसरी पीडिकले न्याय नपाउँदा पिडामा झन् आगो थपेको नेपाली काँग्रेस क्षेत्र नम्बर ४ का सभापति दिनेशराज जोशीले बताए । ‘पीडित वालिका र पारिवाका न्याय दिन हामी लागेका छौ, अपराधी कुनै हालतमा उम्कन पाउनु हुदैन,’ जोशीले भने ।
गौरीगंगा नगरपालिकाकी उपमेयर अञ्चला चौधरी र वडा नम्बर ७का वडा अध्यक्ष भागरथी बिष्ट पीडितका घरमा गएर पीडितको अबस्था बुझेका ह्ुन् । पीडितलाई न्याय दिन आफूहरु लागेको बताउँदै उपमेयर चौधरीले भनिन्,‘यस्तो अपराधमा हामी कुनै पनि हालतमा पिडकलाई छुट दिँदैनौँ, कानुनी कारबाहीका लागि लड्छौँ ।’
पुरानो समाचार हेर्न यो लिंकमा जानुहोस् https://www.sudurpatra.com/2020/06/16/15210/