धनगढी, २ असार- कोरोना रोकथामका लागि सरकारलाई गम्भीर बन्द आग्रह गर्दै नेपाली काग्रेस कैलालीले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । नेपाली कांग्रेस कैलालीले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार ज्ञापन पत्र पठाएको छ ।
नेपाली काँग्रेस कैलालीका जिल्ला सभापति नरनारायाण शाहको नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा मार्फत प्रधानमन्त्री समक्ष सो ज्ञापन पत्र पठाएको हो । काँग्रेसले कोरोना भाईरस रोकथामका लागि सरकारको गैर जिम्मेवारीपन र भ्रष्टाचार रोकथामका लागि दबाब दिन स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको जिल्ला सभापाति नरनारायण शाह मनुले जानकारी दिए ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले कोरोना भाइरसका कारण विकराल बन्दै गएको परिस्थितिका बारेमा सरकारलाई दबाब दिन स्वदेश र विदेशबाट मंगलबार एक साथ प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । ज्ञापन पत्र वुझाउनु अघि नेपाली काँग्रेस जिल्ला पार्टी कार्यालय नैनादेवीदेखि जिल्ला प्रशासन कार्यालय कैलाली सम्म ¥याली निकालिएको थियो ।