एजेन्सी । वैज्ञानीकहरुले चेतावनी दिएका छन् । मानिसहरुको कारण नै पशु पन्छिको रोगहरु मानिसमा सरेको हो । जो विश्वभर फैलिएको छ । वैज्ञानिकहरु भन्छन् –प्रकृतिमा मानिसहरुको अतिक्रमणको बढेको छ ।
जसको कारण तीव्र रुपमा प्रकृतिले प्रतिक्रिया दिइरहेको छ । यो सबै कुरा विश्वका स्वास्थ्य विज्ञहरुले भनेका हुन् । जसले नयाँ संक्रमित रोगहरुको बारेमा अध्ययन गरिहेका छन् । यस प्रक्रियामा विशेषज्ञहरुले नयाँ ढाँचाको विकास गरेका छन् । जसले वन्यजन्तुको जीवनसँग सम्बन्धित कुन रोग मानिसको लागि खतरनाक छ । त्यसको अध्ययन गर्नेछ । लिभरपुल विश्वविद्यालयका वैज्ञानिकहरुको नेतृत्वमा निर्माण गरेको बाटोलाई तीन भागमा विभाजन गरिएको छ । जसद्वारा भविष्यमा आइपर्ने महामारीको अग्रिम तयारी गर्न सकिन्छ ।
……………..
पाँच पटक बाँकी तर लिभरपुल विश्वविद्यालयका प्राध्यापक मेथ्यु बेलिस भन्छन्– ‘विगत पाँच वर्षदेखि हाम्रो अगाडी सार्स, मर्स, इबोला, एविएन, इन्वफ्लूएँजा र स्वाइन फ्लू लगायतका पाँच खतरनाक रोगहरु देखा परे । हामी पाँच पटक नै बच्न सफल भयौँ । तर छैटौँ पटक हामी बच्न सफल भएनौँ । यो अन्तिम महामारी होइन त्यसैले हामाीले वन्जयजन्तुसँग जोडिएका धेरै रोगहरुको अध्ययन गर्न जरुरी छ ।
यस विषयमा लामो अध्ययनपछि बेलिस र उनको साथीहरुले ‘प्रिडिक्टव प्याटन रिकन्ग्रिशन सिस्टम’ तयार गरेका छन् । जसले वन्यजन्तुसँग जोडिएका धेरै विवादित रोगहरुको डाटाबेसको आधारमा परीक्षण गरिरहेको छ । यो प्रणालीले हजारौँ जीवाणु, परजीवि, विषाणुको अध्ययन गरेको हुन्छ । जसबाट कुन प्रजातिको संक्रमण मानिसको लागि कतिको खतरनाक हुन्छ त्यो पत्ता लगाउँछ ।
यदी वैज्ञानिकहरुले रोगहरुलाई प्राथमिकताको आधारमा क्रमवद्ध गरेर राख्यो भने महामारीको प्रकोप हुनु अगाडी नै त्यसको संरक्षण र उपचारको अनुसन्धान सुरु गर्न सक्छ । प्राध्यापक बेलिस भन्छन् –‘कुन रोग महामारीको रुपमा फैलिन्छ त्यो पत्ता लगाउने काम दोस्रो चरणको हो । यतिबेला हामी पहिलो चरणमा काम गरिरहेका छौँ ।
………………….
लकडाउनले के सिकायो रु धेरै वैज्ञानिकहरु भन्छन् –‘वन र वन्यजन्तुको अतिक्रमणप्रति मानव दृष्टिकोण जनावरबाट मानिसहरुमा रोग फैलाउन जिम्मेदार छ ।’ लण्डन कलेज विश्वविद्यालयका प्राध्यापक जोन्स भन्छन्, ‘प्रमाणले यो संकेत गर्छ, कम जैव–विविद्यता भएका मानिसहरुलाई परिवर्तित इकोसिस्टम खेत र बगैँचा जस्ता क्षेत्रबाट पनि संक्रमित हुने खतरा धेरै हुन्छ ।’
तर उनी भन्छन्, ‘यो सबै केसमा यस्तै हुन्छ भन्ने होइन । तर सबै प्रकारका जंगली प्रजातिहरु मनिसहरुको सहनशिलतामा निर्भर हुन्छ । जस्तै मुसाका प्रजातिहरु संक्रमित रोगहरु सार्न क्रियाशिल हुन्छन् ।’ यसरी जैव–विविद्यताको कमिको कारण धेरै समस्याहरु उत्पन्न हुन्छ । जहाँ मानिस र जनावरको बीचमा सम्पर्क बढ्छ । अनि केही निश्चत जीवाणु, परजीविले मानिसमा संक्रमण बढाउँछ ।
……………………………….
भाइरसको सुरुवात यस्तो रोगहरु फैलिरहेका छन् । जसले यस जोखिमलाई प्रस्ट रुपमा देखाएको छ । सन् १९९९ मा मलेशियामा फैलिएको ‘निपाह भाइरस’ चमेरो (चमगादुर) बाट सुगुँरमा पुगेको थियो । वास्तवमा यस भाइरसको सुरुवात त्यस्ता सुङगुरबाट भयो जो जंगलको सम्पर्कमा आउने गरेका थिए । चमेरोले सुगुँरको वरपर रहेको रुखको फल खाएको थियो ।
तर चमेरोले खाएको एक फल सुगुँरको खोरमा खस्यो । अनि त्यहाँ भएका सुगुँरले झरेको सबै फल खाए । यसरी सुगुँर संक्रमित भए । सुगुँरको खोरमा काम गर्ने २५० जना मानिसहरु पनि संक्रमित भए । जसमध्ये धेरैको मृत्यु भयो । कोरोना भाइरसको मृत्युदरको तथ्याङ जारी छ । तर वर्तमान अनुमानले यसलाई १ प्रतिशत मात्र मानेको छ । निपाह भाइरसको मृत्युदर ४० देखि ७५ प्रतिशत थियो । अर्थाथ यस भाइरसबाट संक्रमित हुने १०० जनामध्ये ४० देखि ७० प्रतिशत मानिसहरुको मृत्यु हुन्थ्यो ।
………………………………..
रोग फैलने सम्भावना लिभरपुल विश्वविद्यालय र अन्तर्राष्ट्रिय पशुधन अनुसन्धान संस्थान (नैरोबी) का अनुसन्धान कर्ताहरुले त्यस्ता भाइरस फेलने जोखिम बढी भएका क्षेत्रहरुमा अगाडी नै सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् । जंगलको किरानामा बसेर खेती गर्ने तथा पशुबजारहरु यस्तो क्षेत्रमा धेरै भएको ठाउँमा वन्यजन्तुबीचको दुरी कम हुन्छ ।
जसले गर्दा संक्रमित रोगहरु फैलने सम्भावना धेरै हुन्छ । प्राध्यापक फिभर भनछन्, ‘हामीले संक्रमित रोगहरु फैलनु अगाडी सचेत हुने केही नियमको व्यवस्था गर्नुपर्छ । त्यस्तो संक्रमण फैलने क्षेत्रको बारेमा सधैँ सचेत हुनुपर्छ ।’ मानिसहरुमा हेरक वर्ष तीनदेखि चार पटक नयाँ रोगहरु देखिरहेका छन् । यो केवल एसिया र अफ्रिकामा मात्र नभएर युरोप र अमेरिकामा पनि भइरहेको छ ।
…………………
रोग पटक पटक आउँन सक्छ बेलिस फेरी भन्छन्, ‘नयाँ रोगहरुको बारेमा लगातार अनुसन्धान गर्न आवश्यक छ । हामीले एक महामारीको लागि उपयुक्त स्थिति छुट्याएका छौँ ।’ प्राध्यापक फिभर भन्छन् –‘हरेक प्रकारको रोगहरुले पटक– पटक सताउन सक्छ । प्रकृतिसँग हाम्रो प्रत्यक्ष सम्पर्क भइरहेको छ । हामीले प्रकृतिलाई बुझेर कस्तो प्रतिक्रिया दिने भन्ने विषयमा सोच्नुपर्छ ।
वर्तमान अवस्थामा प्रकृतिले हाम्रो कामको परिणाम देखाइरहेको छ ।’ हामी जुन चिजको प्रयोग गछौँ त्यसलाई कहिले पनि धन्यबाद दिदैनौँ । हामी जति चिजहरुको प्रयोग गछौँ । त्यो सबै प्रकृतिको देन हो । हामी जमिनका चिजहरु निकालेर विश्वभरमा पुर्याउँछौँ । आज जुन संसाधनको प्रयोग हामीले गरिरेका छौँ त्यसको प्रभाव भोलीको दिनमा के हुन्छ बुझ्न आवश्यक छ ।
(बिबिसि हिन्दीबाट गरिएकोअनुवाद)