काठमाडौं । लकडाउन खुकुलो बनाउँदै सरकारले आगामी असार १ गतेबाट सरकारी कार्यालय दुई सिफ्टमा चलाउने निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म पहिलो सिफ्टमा र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्ट सञ्चालन गर्ने जानकारी दिएका छन् ।
यस्तै उद्योग, पसल, डिपार्टमेन्टल स्टोरहरुलाई खुला गरिएको छ। मानिसहरु पैदल हिँड्ने पाउने भएका छन्। यद्यपि सामाजिक दुरी कायम गर्न सरकारले आग्रह गरेको छ। उनका अनुसार मोटरसाइकलमा १ जना मात्र बस्न मिल्ने गरी संचालन गर्न अनुमति दिइएको छ। भने साइकल र पैदल यात्रा समेत खुला गरिएको जानकारी मन्त्री खतिवडाले जानकारी दिए।
निजी सवारी साधनका लागि लागू गरिएको जोर बिजोर मोटरसाइकलका हकमा लागू नहुने भएको छ। ‘निजी सवारी साधनको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने छन्’, खतिवडाले भने, ‘तर निजी सवारी साधनमा चालकबाहेक बढीमा दुई जनामात्र बस्न पाइने छ।’