बाजुरा २५ जेठ- सबै तिर पहुचका भरतमा क्वारेन्टाईनमा बस्नुपर्ने आफन्तलाई सिधै घरमा लगेको खबर चर्चा पाईरहेका बेला बाजुराकी खप्तडछेडेदह गाँउपालिकाकी उपाअध्यक्ष कुन्ति बुढा नागरिक सरह क्वारेन्टिनमा बसेकी छन ।
धनगढी बाट घर र्फकेकी नेपालि काङग्रेसबाट विजय खप्तडछेडेदह गाँउपालिकाकी उपाअध्यक्ष कुन्ति बुढा नागरिक सरह क्वारेन्टिनमा बसेकी हुन् । धनगढि बाट बाजुरा पुगेको दिन देखीनै क्वारेन्टिनमा बससेकी गाउपालिकाकी उपाध्यक्ष बुढाले सुदूरपत्रलाई जानकारी दिईन् । उनि धनगढीबाट १९ गते बाजुरा पुग्ने बितिकै गाँउपालिकाको वडा नम्बर २ मा रहेको कुर्पेकोट आधारभुत बिद्यालयको क्वारेनटाइनमा बसेकि बताएकी छन् ।
कामको सिलसिलामा धनगढि गएकी उपाध्यक्ष बुढा कोरना भाइरसको संक्रमण बढदा पुरेै बन्दाबन्दि भएपछि उनी धनगढमा आफनै होम क्वारेन्टिनमा सुरक्षित तरिका बसेकी थिए, तर अरु नागरिकहरुलाइ सिकाउनेले पहिला स्वम आफैबाट नीति नियमको पालना गर्नुपर्छ भन्ने हेतुले उनी क्वारेन्टिनमा बसिरेकी बताइएकी छन् ।
जसरी गाँउपालिकामा अरु क्वारेनटाइनमा बसेका छन्, आफु पनि त्यसरी बसेकी छु, १४ दिन सम्म बसेर चेक गरेर मात्र गाँउपालिका निरन्तर काम तिर लागने बताएकी छन् ।
उपाअध्यक्ष कुन्ति बुढा सँगै आएका गाँउपालिका ईन्जिनियर भिम चन्द्र बम र सब ईन्जिनियर योगेश जोशी पनि क्वारेनटाइनमा बसेका छन् । बम र जोशी भने डोगडिको वालबिकास आधारभुक्त बिद्यालयको क्वारेनटाइनमा बसेको बुढाले वताएकि छन् । उपआध्यक्ष बुढा बसेको क्वारेनटाइनमा १३ जना बसिरहेका छन्, । भारत बाट आएका ९ जना एकजना काठमाडौ बाट आएको बसिरहेका छन् । अन्य स्थानिय तहमा देश भित्र बाट आएकालाई होम क्वारेनटाइनमा बस्न लगाएका छन्, तर कसैले पनि नियम पालन गरेका छैनन् । तर खप्तड छेडेदह गाँउपालिका उपाअध्यक्ष भने आफै सबै बस्ने क्वारेनटाइनमा बसिरहेको गाँउपालिकाले बताएको छ ।
अरुलाइ क्वारन्ेिटनमा बस भन्नेले आफु नबस्दा जनताले उल्टै प्रश्न गर्छन्, पहिला त आफुले पनि नियम पालना गर्नु पर्छ बुढा बताउँछन्, अरु जसरि बसिरहेका छन्, त्यहि अनुसार बसिरहेको छु, अरुले क्वारेनटाइनमा जे खान्छन आफु पनि त्यहि खाइरहेको वताईन् । गाँउपालिकाको केहि काम गर्नुपरेमा फोन बाट समन्वय गरिरहेको वताएकी छन् ।
खप्तडछेडेदह गाँउपालिकाकि उपाअध्यक्ष क्वारेनटाइनमा बसिरहँदा केही स्थानिय तहमा जिल्ला बाट आएका कर्मचारी जनप्रतिनिधि भने क्वारेनटाइनमा बसेका थिएनन् । केही होम क्वारेनटाइनमा बसेको भनेपनि नियम पालना गरेका थिएन् । कतिपय स्थानिय तहका जनप्रनिधिहरु र कर्मचारीहरु जिल्ला भन्दा बाहिबाट आएर पनि क्वारेन्टिनमा नबसेको जनगुनासो आएको थियो।