ईश्वर जैसी, सुखड २२ जेठ- कैलालीको घोडाघोडी नगरपालिकाले बिहबार देखि अतिआवश्क बाहेकका अन्य सेवाहरु स्थगीत गर्ने निर्णय गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलीएको कोरोना भाइरस (कोभिड १९) का संक्रमितहरु दिन प्रतिदिन कैलाली जील्लामा वृद्धि भइरहेको कारण देखाउदै संक्रमणको जोखीम बाट बचाउन बिहबार देखि अर्को सुचना जारी नभए सम्मका लागी अतिआवश्क बाहेकका अन्य उपलब्ध सेवाहरु बन्द गरिएको विज्ञप्ती मार्फत नगरपालिकाले जानकारी गराएको छ ।
आफुहरु पनि उच्च जोखीममा रहेको भन्दै अत्यनत जरुरी काम र अतिआवश्क बाहेकका अन्य सेवाहरु हाल लाइ स्थगीत गर्नुपरेको घोडाघोडी नगरपालिका निमित प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र बहादुर सिंहले बताए । घोडाघोडी नगरपालिका द्धरा जारी विज्ञप्तीमा विषम परिस्थितीलाइ मध्यनजर गरी यस घोडाघोडी नगरपालिका कार्यलय बाट सम्पादन हुने सेवाहरु मध्य अत्यनत जरुरी काम र अतिआवश्क बाहेकका अन्य सेवाहरु हाल लाइ स्थगीत गर्नु पर्ने भएको ले यस नगरपालिकाका र वडा कार्यलयहरुबाट सम्पादन हुने कार्यहरु मिति २०७७ जेष्ठ महिनाको २२ गते बिहवार बाट लागुहुने गरी अर्को सुचना जारी नभए सम्मका लागि बन्द गरिएको जनाएको हो ।
त्यस्तै यता बिहबार घोडाघोडी नगरपालिकाको आगामी आर्थिक वर्ष २०७७÷७८ को निति तथा कार्यक्रम र बजेटको तयारी का लागि आवश्क छलफल हुने भएको छ । आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्रथामिकता सगैं घोडाघोडी नगरपालिकामा कोरोना भाइरसको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धीत आवश्क छलफलका लागी सामाजीक दुरी कायम गर्दै, नगरपालीकाले सम्बन्धी सरोकारवाला, समाजका प्रभुत्व व्यतिm लगाएतकालाइ आवश्क सुझाव र छलफलका लागी पत्रचार गर्दै उपस्थितिका लागी अनुरोध गरेको छ ।