नबोली नजर-अधरको बात गजबको ।
तिमी पारी, म वारि, साथ गजबको।।
नजर जुध्ने, बात नहुने कस्तो संयोग ।
कल्पनामै निदाउन नसकेको रात गजबको।।
सोझो बोली, चञ्चल स्वभाव तिम्रो ।
हेर्दाहेर्दै लठ्ठ हुने मात गजबको।।
ओठमा हाँसो, रङ्गीन टीका क्या गजबको ।
खाली सिउदो , चुराबिनाको हात गजबको।।
कृतबहादुर बिष्ट
कार्तिक १६, २०८३
धनगढी १४ फूलबारी, कैलाली