धनगढी, १२ कात्तिक/ नागरिक उन्मुक्ति पार्टी, नेपालको नियमित केन्द्रीय समिति बैठक कैलालीको टीकापुरमा बस्ने भएको छ। पार्टीका अध्यक्ष कविर सोपका अनुसार बैठक आगामी कात्तिक १३ र १४ गते टीकापुरस्थित पार्टी कार्यालयमा आयोजना गरिनेछ। पार्टीको केन्द्रीय कार्यालयले बैठकमा अनिवार्य उपस्थितिका लागि केन्द्रीय समिति सदस्यहरूलाई आग्रह गरेको छ।
बैठकमा आगामी स्थानीय तहको निर्वाचन, पार्टीको राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ। साथै, पार्टीको भावी रणनीति तय गर्ने विषयमा समेत महत्त्वपूर्ण छलफल गरी आवश्यक निर्णय गरिने बताइएको छ। बैठकले आगामी निर्वाचनको तयारी र संगठन विस्तारका विषयमा पार्टीको भावी कार्ययोजनालाई थप स्पष्ट पार्ने अध्यक्ष सोपले जानकारी दिए ।