धनगढी, ११ कार्तिक/ जिल्ला प्रहरी कार्यालय धनगढी, कैलालीले असोज महिनामा सम्पादित विभिन्न कार्य तथा गतिविधिहरूको प्रगति विवरण सार्वजनिक गरेको छ। कैलाली प्रहरीले अपराध अनुसन्धान, शान्ति सुरक्षा, सवारी दुर्घटना नियन्त्रण, सामुदायिक कार्यक्रम र जनचेतनामूलक गतिविधिहरूमा सक्रियता देखाएको छ।
अपराध अनुसन्धान तथा नियन्त्रण
असोज महिनामा जिल्लामा कुल १५८ अपराध दर्ता भएका छन्। जसमा ज्यानसम्बन्धी २६, आत्महत्या २४, चोरीसम्बन्धी १३, संगठित तथा आर्थिक अपराध २९, सामाजिक अपराध १८, महिला तथा बालबालिकासम्बन्धी १७, सवारी ज्यान ८ र अन्य २३ रहेका छन्।
जघन्य तथा गम्भीर अपराधतर्फ कुल ५० घटना दर्ता भएका छन्। चालू मुद्दाका प्रतिवादी पक्राउ १५९ जना भएका छन् भने पक्राउ वारेन्ट कार्यान्वयन ३८ रहेको छ। सार्वजनिक चासो रहेका पेन्डिङ मुद्दा १४३ मध्ये १ फछ्यौट भएको छ। फैसला कार्यान्वयनमा ३० पक्राउ गरी ११ वर्ष २ महिना ८ दिन कैद र ६,४५,३६२ जरिवाना भएको छ।
घरेलु हिंसातर्फ ३४ उजुरी दर्ता भई सबै मिलापत्र भएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी उजुरी ३४ रहेका छन्। हराएका तथा फेला परेका महिलारपुरुष, बालबालिका तथा ज्येष्ठ नागरिकको संख्या क्रमशः हराएका ७३ र फेला परेका ७४ रहेको छ। ठाडो उजुरी २६६ दर्ता भई सबै फछ्यौट भएका छन्।
लागू औषधसम्बन्धी मुद्दा २२ दर्ता भई ४१ जना ९१ महिला, ४० पुरुष० पक्राउ परेका छन्। बरामदमा हेरोइन ४० ग्राम ५९० मिलिग्राम, चरेस ६४ ग्राम र गाँजा ४ ग्राम १८० मिलिग्राम रहेको छ।
आत्महत्यातर्फ कुल २४ घटना भएका छन् ९पुरुष १५, महिला ६, बालक १, बालिका २०। झुन्डिएर २१ र विष सेवनबाट ३ जनाले ज्यान गुमाएका छन्।
शान्ति सुरक्षा तथा प्रहरी कार्य
प्रहरी परिचालनतर्फ पिकेट १६४३, चेकिङ ३७२, ग्रामिण गस्ती २१७, एलआरपी ३, एमआरपी ११ र एसआरपी १७१ गरी कुल ३५१७ परिचालन भएको छ। विशेष परिस्थिति (बन्द, चक्काजाम, आन्दोलन आदि) मा ३ वटा घटना भएका छन्। सवारी दुर्घटना १४३ भएका छन्। जसमा ५ जनाको मृत्यु, २३५ घाइते, प्रहरीद्वारा उद्धार १४३ र सवारी कारबाही १५८३ भई राजस्व रु। १३,७१,५०० संकलन भएको छ। दुर्घटनाको मुख्य कारण चालकको लापरवाही ९१३५० रहेको छ।
अवैध हातहतियार बरामदमा बेवारिसे भरुवा बन्दुक नाल ३ वटा फेला परेको छ। राजस्व चुहावट तथा भन्सार छली नियन्त्रणमा अवैध भन्सार छलीबाट १,३१,०८,२१५ बराबरको सामान बरामद गरी १८ जना पक्राउ परेका छन्। विपद व्यवस्थापनमा ३१ घटनामा ६ मृत्यु र १२ घाइते भएका छन्। अवैध मदिरा १४५ लिटर घरेलु मदिरा र ७०० लिटर कच्चा पदार्थ नष्ट गरिएको छ।
सामुदायिक तथा जनचेतनामूलक कार्यक्रम
समुदाय तथा विद्यालय केन्द्रित कार्यक्रम २०१ वटा सञ्चालन भएका छन्। जसमा १२८२ महिला, २६६८ पुरुष, ८६२ बालक र ८८२ बालिका सहभागी भएका थिए। खटिएका प्रहरी कर्मचारी ४०२ रहेका छन्। अपराध न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम २०१ वटा सञ्चालन गरिएका छन्। जसमा लागू औषध विरुद्ध ४३, मानव बेचबिखन विरुद्ध १०, ट्राफिक नियम तथा दुर्घटना न्यूनीकरण ३०, आत्महत्या न्यूनीकरण २६ लगायतका कार्यक्रम समावेश छन्। सार्वजनिकरनागरिक सुनुवाइ कार्यक्रम कैलालीमा १ पटक आयोजना गरी ५५ जना सहभागी भएका थिए। नागरिकता, हात हतियार नवीकरण तथा अन्य कागजातका लागि १०२ मुचुल्का गरिएका छन्। हटलाइन तथा डिएम सम्पर्कमा १०७८७ कल आएका छन् भने सेवाग्राही संख्या १६०४ पुगेको छ। प्रहरीले कर्मचारीको मनोबल वृद्धिका लागि पुरस्कार, गोष्ठी तथा भोज कार्यक्रमसमेत आयोजना गरेको उल्लेख छ। यस अवधिमा प्रहरीले नियमित तथा आकस्मिक निरीक्षण, हरियाली प्रवर्द्धन र अन्य रचनात्मक गतिविधिहरू पनि सञ्चालन गरेको छ।