धनगढी, २५ असोज / धनगढीमा महिला तथा बालबालिकाका लागि लक्षित जुत्ता–चप्पलको नयाँ पसल ‘पाइला’ सञ्चालनमा आएको छ।
धनगढी उपमहानगरपालिका–४ स्थित कृषि सामग्री भवन, मेनरोडमा पसलको आज कैलाली उद्योग वाणिज्य सङ्घका अध्यक्ष पुष्करराज ओझाले उद्घाटन गरेका हुन्।
‘पाइला’मा महिला तथा बालबालिकाका लागि विभिन्न डिजाइनका जुत्ता, स्पोर्ट्स सुज, स्निकर्स तथा स्यान्डल उपलब्ध रहेका पाइलाकी सञ्चालक कमला पन्तले बताएकी छन्।
आधुनिक फेसन, आरामदायी पहिरन र गुणस्तरीय उत्पादनलाई प्राथमिकता दिँदै ग्राहकको रोजाइअनुसारका जुत्ता–चप्पल उपलब्ध गराउने उद्देश्यले ‘पाइला’ सञ्चालनमा ल्याइएको सञ्चालक पन्तले बताइन्।