धनगढी,२३ असोज / नवरात्र सुरु हुनै लाग्दा टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. बी मा निर्माण भएको कालिका मन्दिरमा शुक्रबार सरसफाई गरिएको छ । नजिकै आइरहेको दसैँका लागि मन्दिरमा सरसफाई गरिएको छ ।
नवरात्र सुरु हुने समय नजिकिएसँगै मन्दिर क्षेत्रको सरसफाइ गरिएको कालिका देवि सेवा समितिका अध्यक्ष टेकबहादुर दर्लामी मगरले जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टीकापुर कैलालीको सहयोगमा सरसफाई भएको जानकारी दिनुभयो ।
सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बल राजश्व भन्सार तथा औधोगिक तालिम शिक्षालय टीकापुर कैलाली मा कार्यरत सशस्त्र प्रहरी नायव उपरीक्षक धिरेन्द्र शाह र सशस्त्र प्रहरी निरीक्षक मुक्ती खड्काको पनि उपस्थिती रहेको थियो ।