अछाम, २ असोज / साफेबगर, अछाम , महिला तथा अन्य सिमान्त्कृत बर्गको स्थानिय स्वास्थ्य संस्था तथा सरकारका हरेक निर्णय प्रकृयामा अर्थपुर्ण सहभागिताका लागि अछामको पन्चदेवल बिनायक र बाजुराको त्रिवेणी नगरपालिकामा जीआईजेड र सामुदायिक बिकास केन्द्र द्वारा सन्चालित लैङ्गिक रुपान्तरण मार्फत सामुदायिक शसक्तिकरण परियोजनाको अर्ध-बार्षिक समिक्षा सम्पन्न भएको छ ।
कार्यक्रममा परियोजनाले हाल सम्म गरेका असल अभ्यासको निरन्तरता र पालिको निति तथा कार्यक्रम र परियोजनका प्राथमिकताका आगामी क्रियाकलापमा थप उन्नत तरिकाले सहकार्य गर्दै जाने सहमती सहित अछाम जिल्लाको साफेबगरमा सम्पन्न भएको छ ।
कार्यक्रममा पन्चदेवल बिनायक नगरपालिका नगर प्रमुख- अम्बिका चलाउने त्रिवेणी नगरपालिका बाजुराका प्रमुख कर्ण बहादुर थापाले परियोजनाले स्वास्थ्य तथा लैङ्गक समानता तथा सामाजिक समाबेशिकरणका क्षेत्रमा परियोजना बाट नगरपालिका लाई राम्रो सहयोग भइ रहेको र पालिकाले पनि परियोजनाको हरेक काममा सहयोग तथा साझेदारी भएको र आगामी दिनमा पनि समन्वय गरेर अघि बढ्न सकिने ब्यक्त गर्नु भएको छ ।
कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै सिडिसीका कार्यकारी निर्देशक हेमराज जोशिले स्थानीय सरकारको प्राथमिकता तथा बनेका ऐन नियम तथा कार्यबिधिको अधिनमा रहेर पालिका सङ्ग थप मजबुत तरुकाले समन्वय गरेर कार्यक्रम सन्चालन गरिने र पालिका बाट भएको सहयोगका लागि दुबै पालिकालाइ धन्यवाद ब्यक्त गर्नु भयो ।
कार्यक्रममा परियोजनाको हाल सम्म सन्चालन गरेका कृयाकलाप र आगामी योजना बारे सामुदायिक बिकास केन्द्र का कार्यक्रम संयोजक कमला बिष्ट बाट गरेको प्रस्तुति गर्नु भएको थियो । छलफलमा दुबै पालिकाको आगामी दिनमा हुने सहयोग तथा सहकार्यको प्रतिबद्धता लियर समापन गरिएको थियो । सो कार्यक्रममा जीआइजेडका प्रकृती पन्तको उपस्थिति रहेको थियो ।
उक्त एक दिने कार्यक्रममा दुबै पालिका बाट बहु क्षत्रीय समन्वय समितिका प्रमुख तथा वार्ड अध्यक्षहरु, प्रमुख प्रशासकिय अधिकृत, विभिन्न शाखा प्रमुखहरु र पत्रकार महासंघ अछामका को उपस्थित रहेको थियो ।