कैलाली,३० भदौ / कैलालीमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत गौरीगंगा नगरपालिका – २ को झिलमा मङ्गलबार बिहान करिब ८ः३० बजे घटना भएको हो । से १ क १३५२ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठाउँका ५ वर्षीय देवराज देउवाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक हिरासिहं महराले जानकारी दिए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका बालकको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ट्रक र चालक लम्कीचुहा नगरपालिका २ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएरको छ ।