धनगढी २८ भाद्र/कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ३ किलो ८ सय ५० ग्राम चरेस बरामद गरेको छ ।
आईतबार सशस्त्र प्रहरी बल, नेपाल बीओपी डोकेबजारबाट गस्ती टोलीले शंकास्पद झोला नियन्त्रणमा लिएर चेकजाँच गर्दा वाईवाई चाउचाउको कार्टुनभित्र चरेस फेला परेको हो । ३ किलो ८ सय ५० ग्राम चरेश बोकेको जेब्रा झोला छाडेर भारततर्फ भागेको सशस्त्र प्रहरी सहायक हवल्दार महेन्द्र बिष्टले जानकारी दिए ।
झोलाबाट ईश्वरबहादुर धामीको नाममा जारी नेपाली नागरिकता प्रमाणपत्र, भारतीय आधार कार्ड, कर्नाटक स्टेटको ड्राइभिङ लाइसेन्स, सवारी साधन दर्ता प्रमाणपत्र तथा नेपाली सिमकार्ड नम्बर भएका दुईवटा सिम एडप्टरसमेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।