• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
मङ्गलबार, साउन १२, २०८३
मङ्गलबार, साउन १२, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • २. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ३. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ४. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ५. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ६. एकहोरो हेराइ खै कता छ (गजल)

  • ७. विदेशबाटै निर्णय गर्दै लम्कीचुहाकी मेयर शाही, कर्मचारीमाथि कारबाहीको डण्डा 

  • ८. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

  • ९. बैतडी समाज कैलालीद्वारा ६ जना सल्लाहकार नियुक्त

  • १०. दार्चुलामा सार्वजनिक यातायातको गाडीभाडा निर्धारण (यस्तो छ मुल्यसुची)

जुन विद्यालयबाट पढाइ सुरु, त्यहीँ विद्यालयबाट सम्मानित भए पत्रकार भिम चौधरी

धनगढी, ११ साउन/धनगढी उपमहानगरपालिका–५, तारानगरस्थित श्री राष्ट्रिय आधारभूत विद्यालयले पत्रकार भिमबहादुर चौधरीलाई प्रशंसा–पत्रसहित सम्मान गरेको छ।

बाबा टिभीका समाचार प्रमुख रहेका चौधरीलाई विद्यालयले सञ्चालन गर्दै आएको ‘किताब मुक्त शुक्रबार, जीवनोपयोगी शिक्षाको आधार’ अभियान तथा अन्य शैक्षिक गतिविधिहरूलाई समाचारमार्फत व्यापक रूपमा प्रचार–प्रसार गरी विद्यालयको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको विद्यालयले जनाएको छ।

चौधरी यही विद्यालयका पूर्व विद्यार्थी हुन्। उनले यसै विद्यालयबाट कक्षा ५ सम्म अध्ययन गरेका थिए। २०५४ सालमा कक्षामा तृतीय स्थान हासिल गर्दै कक्षा ५ को बोर्ड परीक्षा उत्तीर्ण गरेका उनी वर्षौंपछि आफ्नै विद्यालयबाट सम्मानित भएका हुन्।

सम्मान ग्रहणपछि चौधरीले आफ्नै विद्यालयबाट सम्मानित हुन पाउनु आफ्नो जीवनकै सबैभन्दा गर्विलो र भावुक क्षणमध्ये एक भएको बताए। उनले विद्यालय परिवारप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि शिक्षा, समाज र सकारात्मक अभियानहरूलाई समाचारमार्फत प्राथमिकताका साथ उजागर गर्दै विद्यालयको प्रगतिमा निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

उक्त प्रशंसा–पत्र विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष सुरेशराज जोशी र प्रधानाध्यापक मानबहादुर साउँदले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए।धनगढी उपमहानगरपालिका–५ का वडाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गजेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस, धनगढीका शाखा प्रबन्धक नीलम चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए ।

सोमबार, साउन ११, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने

Recent Posts

  • तत्कालीन गेटा अस्पतालका निर्देशक सह–प्रा.डा.प्रमोद कुमार यादवको बिदाइ
  • बैतडीमा गोरुलाई मरासन्न कुटपिट गरेर भिरबाट फाल्ने एक नाबालक पक्राउ
  • धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध सफाइका लागि खोलिने
  • कञ्चनपुरको भाइरल रोडबाट लागुऔषध सहित ३ जना पक्राउ
  • ‘सुदूरपश्चिम गाईजात्रा सिजन–२’ भदौ १७ मा, व्यंग्यमार्फत सामाजिक सचेतना फैलाइने

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.