धनगढी, ११ साउन/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद केपी खनालले प्रश्नकर्तालाई दिएको धम्कीपूर्ण अभिव्यक्ति भाइरल बनेको छ ।आफ्नै निर्वाचन क्षेत्र कैलालीको लम्कीचुहा अस्पतालको विषयमा छलफल गर्ने क्रममा प्रश्नकर्ताले सोधेपछि आक्रोशपूर्ण अभिव्यक्ति दिएका हुन् ।
भाइरल भिडियोमा सांसद खनालले औँला ठड्याउँदै भनेका छन्, “कसले भन्यो प्रमाण छ रु हाल्छु, जाक्छु समाएर अनि थाहा हुन्छ । यस्ता मान्छेलाई त तपाईंहरूले सदस्यमा राख्नुभएको छ । अनधिकृत बोल्न मिल्छ रु कसले फोन गर्यो रु प्रमाण छ तपाईंसँग ?” भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको छ ।
