धनगढी, २३ असार / तत्कालीन नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भजनी नगरपालिकाका मेयर केवल चौधरी, उपमेयर राजु तिरुवा र विभिन्न वडाका वडाध्यक्षहरू नाउपा नेपालमा आबद्ध भएका छन् ।
नाउपा नेपालका अध्यक्ष कबिस सोबले उनीहरूलाई पार्टीमा प्रवेश गराएका हुन् । अध्यक्ष सोबले मेयर उमेयरको आगमनले संगठनलाई थप सुदृढ, एकताबद्ध र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
नाउपा नेपालले न्याय, पहिचान, अधिकार र समृद्धिको साझा अभियानमा उहाँहरूको सक्रिय सहभागिताले पार्टीलाई नयाँ ऊर्जा र थप बल प्रदान गर्ने जनाएको छ ।