धनगढी, २१ असार / धनगढी–५, हसनपुरस्थित शीतल एकेडेमीले यस वर्षदेखि बोइज होस्टेल सञ्चालनमा ल्याएको छ। लामो समयदेखि धनगढीमा अङ्ग्रेजी भाषा तथा कोचिङ कक्षा सञ्चालन गर्दै आएको एकेडेमीले विद्यार्थीलाई लक्षित गर्दै आवासीय सेवा पनि सुरु गरेको हो।
एकेडेमीका सञ्चालक कुवेर निशानीका अनुसार होस्टेलमा सुरक्षित तथा व्यवस्थित बसोबाससँगै गुणस्तरीय खाना र नियमित कोचिङ कक्षाको व्यवस्था गरिएको छ। विद्यार्थीलाई घरजस्तै वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउने उद्देश्यले होस्टेल सञ्चालनमा ल्याइएको उनले बताए।
धनगढीमा विद्यार्थीका लागि उपयुक्त कोठा भाडामा पाउन कठिन बन्दै गइरहेको अवस्थालाई मध्यनजर गर्दै होस्टेल सेवा विस्तार गरिएको निशानीको भनाइ छ। होस्टेलमा २४सै घण्टा सीसीटीभी निगरानी, अनुशासित तथा विद्यार्थीमैत्री वातावरण र उत्कृष्ट शैक्षिक माहोलको व्यवस्था गरिएको सञ्चालकको निशानीले बताएका छन्।
होस्टेलमा सीमित सिट मात्र उपलब्ध रहेकाले विद्यार्थी तथा अभिभावकलाई समयमै सम्पर्क गरी सिट सुरक्षित गर्न सञ्चालक निशानीले आग्रह समेत गरेका छन्।