• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेश सरकारकोे बजेट अझै प्रदेश सभामा टेबुल भएन

धनगढी, १५ असार /   सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३ / ८४ को बजेटमाथि छलफल हुनुपर्नेमा सरकारले अझैसम्म बजेट प्रदेश सभामा टेबुल गर्न सकेको छैन ।

बजेटप्रति सत्तापक्षकै व्यापक असन्तुष्टि देखिएपछि प्रदेश सरकारले बजेट प्रस्तुत भएको दुई सातासम्म पनि सभामा टेबुल गर्न नसकेको हो । प्रतिपक्षले सरकारको बजेट नै असफल पार्ने चेतावनी दिइरहेका बेला सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी नेकपा (एमाले)ले बजेट संशोधनका लागि प्रदेश सरकारलाई दबाब दिएको छ । बजेट संशोधन नगरिए सो पार्टीले सरकारबाट बाहिरिने यसअघि नै उद्घोष गरिसकेको छ ।

प्रदेश सरकारले असार १ गते मध्यरातमा आगामी आव २०८३/८४ को बजेट सभामा प्रस्तुत गरेको थियो । मध्यराति बजेट प्रस्तुत गरिएका कारण बजेटसँग सम्बन्धित विनियोजन विधेयक र अर्थ विधेयक भने सभामा टेबुल गरिएन । अहिलेसम्म बजेट नै टेबुल नभएकाले बजेटमाथि छलफलका लागि सभाको बैठकको टुङ्गो नलागेको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले बताए ।

उहाँले भन्नुभयो, “सभाको बैठकको अझैसम्म टुङ्गो लागिसकेको छैन । सभा सञ्चालनका लागि एकचोटी कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो तर सत्तापक्षबिच नै कुरो नमिलेपछि बैठकको टुङ्गो लाग्न सकेन ।”

प्रदेश सभामा बजेटमाथि छलफलका लागि सरकारले बजेट सभामा टेबुल गर्नु पर्दछ । बजेटको आयव्ययसम्बन्धीको विनियोजन विधेयक र राजस्व सङ्कलनसम्बन्धीको अर्थ विधेयक टेबुल गरिएपछि ७२ घण्टाको संशोधनको समय रहने गर्छ । ७२ घण्टापछि मात्रै बजेटमाथि छलफल सुरु हुने गरेको जनाइएको छ । सरकारले बजेट असफल हुने डरले प्रदेश सभामा टेबुल नगरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टी नेकपाका प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले बताए ।

उहाँले भन्नुभयो, “बजेटमाथि छलफलका लागि बजेट सभामा टेबुल हुनु पर्छ तर बजेट असफल हुने डरका कारण सरकारले बजेट नै सभामा टेबुल गरेको छैन ।” प्रदेश सरकारले आगामी आवका लागि ३७ करोड ७० लाख रुपियाँको बजेट प्रस्तुत गरेको थियो ।

 

सोमबार, असार १५, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.