• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

हत्या अनुसन्धानमा सफलता: कैलालीका सई सुशील चन्दसहित ४ प्रहरी कर्मचारी पुरस्कृत

धनगढी, २९ जेठ / कैलालीमा हत्या गरेर शव फालिएको घटनाको सफल अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेका चार जना प्रहरी कर्मचारी पुरस्कृत भएका छन्। पुरस्कृत हुनेमा प्रहरी नायब निरीक्षक (सई) सुशील चन्द, प्रहरी सहायक हवल्दार महेशबहादुर चन्द, सन्तोष महरा तथा प्रहरी जवान हर्कबहादुर बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरूलाई नगद पुरस्कारसहित सम्मान गरेको जनाएको छ।

कैलारी गाउँपालिका–९ का राजकुमार रानाको शव गत जेठ २४ गते त्रिवेणी घाट क्षेत्रमा फेला परेको थियो। घटनाको अनुसन्धानका क्रममा ती प्रहरी कर्मचारीहरूले तथ्य र प्रमाण संकलनदेखि अभियुक्त पहिचानसम्म महत्वपूर्ण भूमिका खेलेका कारण पुरस्कृत गरिएको प्रहरीको भनाइ छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिना का अनुसार प्रारम्भिक अनुसन्धानबाट राजकुमार रानामाथि कुटपिटपछि हत्या गरी शव मोहना नदी किनारमा फालिएको खुलेको छ।

घटनामा संलग्न रहेको आरोपमा धनगढी उपमहानगरपालिका–८ निवासी ६० वर्षीय बम्मन राना, ५८ वर्षीया भँगु राना र उनीहरूकी छोरी गीता रानालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार घटनामा संलग्न अन्य दुई जना अझै फरार रहेका छन्। फरार व्यक्तिहरूको खोजी कार्यलाई तीव्र बनाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

घटनाको सफल अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीलाई सम्मान गर्दै प्रहरीले आगामी दिनमा पनि अपराध अनुसन्धानलाई थप प्रभावकारी र नतिजामुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

शुक्रबार, जेठ २९, २०८३ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.