धनगढी, २९ जेठ / धनगढीस्थित नवदुर्गा टेक्नोलोजी प्रालिले ओमोडा एन्ड जेकोको आधिकारिक डिलरका रूपमा नयाँ ओमोडा E5 प्रो सार्वजनिक गरेको छ। कम्पनीले शुक्रबार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक एसयूभी बजारमा ल्याएको हो।
कार्यक्रममा बोल्दै सुन्दर सुदूरपश्चिम बस यातायात व्यवसायी समितिका अध्यक्ष पदम साफ्कोटाले विश्वभर इलेक्ट्रिक सवारीसाधनप्रति आकर्षण बढिरहेको अवस्थामा नेपालमा पनि विद्युतीय गाडीको माग तीव्र रूपमा बढ्दै गएको बताए। नेपालको भौगोलिक अवस्था अनुकूल विशेषतासहित आएको ओमोडा E5 प्रोले बजारमा उल्लेखनीय सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
कम्पनीका प्रबन्ध निर्देशक प्रदिप जोशीले आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट कार्यसम्पादनका कारण ओमोडा E5 प्रो नेपाली ग्राहकको रोजाइ बन्ने बताए। यस्तै कम्पनीका असिस्टेन्ट म्यानेजर तपेन्द्र भट्टले गाडीका विशेषता र प्रविधिबारे जानकारी गराएका थिए।
कम्पनीका अनुसार नयाँ ओमोडा E5 प्रोमा ५०.७ किलोवाट आवर क्षमताको ब्याट्री प्याक, ९९ किलोवाटको इलेक्ट्रिक मोटर तथा २८८ एनएम टर्क रहेको छ। यसले एक पटकको पूर्ण चार्जमा ३५० किलोमिटरसम्म (WLTP) यात्रा गर्न सक्ने क्षमता राख्छ। १९१ मिलिमिटर ग्राउन्ड क्लियरेन्स भएकाले नेपालका विभिन्न सडक अवस्थाका लागि यो गाडी उपयुक्त रहेको कम्पनीको दाबी छ।
गाडीमा १८ इन्चका अलोय ह्विल, फ्युचरिस्टिक डिजाइन, बोल्ड फ्रन्ट फेसिया, एरोडाइनामिक प्रोफाइल तथा फ्यान्टम विङ टेललाइट जस्ता विशेषता समावेश गरिएका छन्। भित्री भागमा इलेक्ट्रिक सनरुफ, उच्चस्तरीय इन्टेरियर, ड्राइभर मसाज सिट, ८ वटा सोनी स्पिकरसहितको अडियो सिस्टम तथा १५.६ इन्चको वाइडस्क्रिन इन्फोटेनमेन्ट डिस्प्ले उपलब्ध रहेको कम्पनीले जनाएको छ।
सुरक्षाका दृष्टिले गाडीमा १९ भन्दा बढी एडास (ADAS) फिचर र ५४० डिग्री सराउन्ड भ्यु क्यामेरा प्रणाली जडान गरिएको छ।
कम्पनीले ओमोडा E5 प्रोको आधिकारिक मूल्य सिंगल टोन तथा डुअल टोन दुवै भेरियन्टका लागि ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। सार्वजनिक कार्यक्रमको अवसरमा सीमित अवधिका लागि ४९ लाख ९९ हजार रुपैयाँको विशेष मूल्य तथा एक वर्षको निःशुल्क अटो प्लस इन्स्योरेन्स सुविधा उपलब्ध गराइने घोषणा गरिएको छ।
नयाँ ओमोडा E5 प्रोको बुकिङ तथा थप जानकारी धनगढीस्थित आधिकारिक ओमोडा एन्ड जेको शोरुममा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
