बैतडी, ४ वैशाख / बैतडीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्नया-८ का मोटरसाइल चालक समेत रहेका ३४ वर्षीय जनक लुहार रहेका प्रहरी निरीक्षक सिंहले बताए ।
जिल्लाको सुर्नया गाउँपालिका-८ स्थित ढोल्यामोड–पुर्चौडी सडकखण्डमा शुक्रबार दिउँसो मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अन्य चार जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले बताए ।
श्रीभावरदेखि पुर्चौडीतर्फ जादै गरेको पुर्चौडी नगरपालिका-५ का २४ वर्षीय अमिर कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१ ०१३ प ४२४६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आइरहेको सुर्नया गाउँपालिका-८ का ३४ वर्षीय जनक लुहारले चलाएको से ५ प ४७१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परि पुर्चौडी-५ का २४ मोटरसाइल चालक वर्षीय अमिर कडायत, सोहीका वडाका ३९ वर्षी हिक्कमत कुँवर, सिगास गाउँपालिका-९ का ३५ वर्षीय जयबहादुर चन्द र सोही ठाउँका ३६ वर्षीय केशवबहादुर चन्द घाइते भएका छन ।
घाइतेमध्ये अमिर र हिक्मतलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको प्रहरीले जनाएको छ । घाइते अमिरको अवस्था मध्यम रहेको छ भने अन्यको अवस्था सामान्य रहेको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।