धनगढी, ३ वैशाख / धनगढी उपमहानगरपालिकाले शैक्षिक सत्र २०८२ सालको नगरस्तरीय आधारभूत तह ९कक्षा ८० को वार्षिक परीक्षामा शतप्रतिशत नतिजा ल्याउने विद्यालयहरुलाई सम्मान गरेको छ । यसै अन्तर्गत धनगढी–३, केदार टोलमा रहेको सिद्धार्थ विद्या मन्दिरलाई पनि उपमहानगरपालिकाले सम्मान गरेको हो ।
उपमहानगरपालिकाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको भन्दैसिद्धार्थ विद्या मन्दिरलाई औपचारिक रूपमा सम्मान–पत्र प्रदान गरेको थियो । विद्यालयको गुणस्तरीय शिक्षण, प्रभावकारी व्यवस्थापन तथा विद्यार्थीको उत्कृष्ट प्रदर्शनको समेत उपमहानगरपालिकाले प्रशंसा गरेको छ ।
आगामी दिनमा पनि यस्तै उत्कृष्ट सिकाइ उपलब्धि कायम राख्दै अझ उचाइ हासिल गर्न समेत विद्यालय परिवारलाई थप शुभकामना समेत दिएको छ ।
सिद्धार्थ विद्या मन्दिरका प्रिन्सिपल दिपा चन्दले सम्पुर्ण अभिभावकलाई धन्यवाद व्यक्त गर्दै अगामी दिनमा पनि थप सहयोग गर्न आग्रह गरिन् । सिद्धार्थ विद्या मन्दिर अन्य शौक्षिक गतिविधिमा पनि अगाडि रहेको छ ।