धनगढी, २७ चैत / आइसक्रिम पारखीहरूका लागि लोकप्रिय आइसक्रिम ब्रान्ड क्रिम वेलले आफ्नो ७१औँ शाखा धनगढीमा विस्तार गरेको छ। शहिद गेट नजिकै सञ्चालनमा ल्याइएको उक्त शाखाले स्थानीय बजारमा नयाँ उत्साह थपेको छ।
क्रिम वेल कम्पनीका प्रतिनिधि सरोज ज्ञावलीका अनुसार हाल बजारमा सर्वाधिक रुचाइएको आइसक्रिम उत्पादन गर्ने कम्पनीमध्ये आफूहरू अग्रस्थानमा रहेको जानकारी दिए। उनले नेपालका प्रमुख सहरहरूमा क्रिम वेलले राम्रो बजार विस्तार गरिसकेको र उपभोक्ताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिए।
धनगढी शाखाका सञ्चालक विनोदराज पन्तले करिब १० लाख रुपैयाँ लगानीमा शाखा स्थापना गरिएको बताए। उनले स्थानीयस्तरमा गुणस्तरीय सेवा प्रदान गर्दै व्यवसायलाई अगाडि बढाउने लक्ष्य लिएको उल्लेख गरे। साथै, नयाँ व्यवसायमा सबैलाई सेवा गर्ने अवसर दिन समेत आग्रह गरे।
उक्त शाखाको उद्घाटन शिक्षा क्षेत्रका प्राज्ञिक व्यक्तित्व प्राध्यापक डा. हेमराज पन्तले गरेका थिए । उद्घाटनको अवसरमा आज दिनभरि ग्राहकहरूका लागि ‘१ किन्दा १ फ्रि’ विशेष अफर समेत उपलब्ध गराइएको सञ्चालक पन्तले जानकारी दिए।
नयाँ शाखा सञ्चालनसँगै धनगढीमा आइसक्रिम व्यवसाय थप आकर्षक बन्ने अपेक्षा गरिएको छ।
