बैतडी, २२ चैत / जिल्ला प्रशासन कार्यालय बैतडीले कसैले विचौलियाको काम गरे कारवाही हुने जनाएको छ । जिल्लास्थित सबै कार्यालयहरुलाई सार्वजनिक सेवा विचौलियामुक्त बनाउन आग्रह गरिएको छ ।
प्रशासनले एक सूचना जारी गर्दै सरकारी कार्यालय वरिपरी सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैरकानुनी रुपमा कसैले रकम असुल गरेको पाइएमा कानुनी कारवाही हुने प्रशासनले जनाएको छ ।
सरकारी कार्यालयहरुले प्रदान गर्ने सेवाहरु छिटो, छरितो र सरल तरीकाले प्रवाह गर्न समेत स्थानीय प्रशासनले आग्रह गरेको छ ।
