• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

शैक्षिक सत्र अगावै बाजुरामा पाठ्यपुस्तक

बाजुरा । शैक्षिक सत्र सुरु हुनअघि नै बाजुरामा पाठ्यपुस्तक पुगेको छ। नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, सुदूरपश्चिम प्रदेश र जनकशिक्षा सामग्री केन्द्र, धनगढीले चैत ११ गते बसेको संयुक्त बैठकले चैत १६ देखि पाठ्यपुस्तक वितरण सुरु गर्ने निर्णय गरेसँगै जिल्लामा किताबहरू पुगेका हुन्।

करुण पुस्तक पसल, मार्तडीका प्रोपर्टाइटर नृपबहादुर खातीले भन्नुभयो, “मैले चैत १६ गते धनगढीबाट किताब उठाएर चैत १७ गते बाजुरामा पु¥याइसकेको छु। अहिले ती किताब धमाधम विद्यालयहरूमा वितरण गरिरहेको छु।”

गत वर्ष झैं यस वर्ष पनि उहाँले २१ हजार ८२५ थान किताब बाजुरामा ल्याएर वितरण गरिरहनुभएको छ। विगतका केही वर्षमा यहाँ किताब ढिला पुग्ने गरेको भए पनि, गत वर्षदेखि शैक्षिक सत्र सुरु हुन अघि नै किताब वितरण हुने गरेको छ। यसका कारण यहाँका बालबालिकाहरू समेत खुसी भएका छन्।

यस वर्ष बाजुराका आठ वटा पुस्तक विक्रेतामार्फत किताब वितरण गरिएको छ। यसमा प्रविन एण्ड ललित स्टेशनरी पसलले २४ हजार ४१०, करुण पुस्तक पसलले २१ हजार ८२५, सृजना स्टेशनरीले छ हजार ६०, आरके स्टेशनरीले पाँच हजार ४१४, मष्टा मल्टी स्टेशनरीले चार हजार ४७, बैष्णवीले आठ हजार २३७, रारा पुस्तक पसलले १३ हजार ९२१ र निशान्त जनरल स्टोरले ८ हजार ४७६ थान किताब वितरण गरेका छन्।

जनकशिक्षा सामाग्री केन्द्र, धनगढीका सूचना अधिकारी जितेन्द्र चौधरीका अनुसार यस वर्ष बाजुरामा जम्मा ९२ हजार ३९० थान किताब वितरण गरिएको छ। चौधरीले भन्नुभयो, “गत शैक्षिक सत्र ०८२ मा सबैभन्दा पहिलो बाजुरालाई किताब वितरणको पालो परेको थियो। सत्र ०८३ मा पनि बाजुरा र दार्चुलालाई पहिलो चरणमा किताब वितरण गरिएको छ।”

चौधरीले थप्नुभयो, “चैत १६–१८ गते बाजुरा र दार्चुला, १९–२१ गते बझाङ र अछाम, २२–२४ गते बैतडी–डोटी, २५ गते डडेल्धुरा, २६–२७ गते कञ्चनपुर, र २८–३० गते कैलालीलाई क्रमशः वितरण गरिएको छ।”

गत वर्ष सुदूरपश्चिममा २१ करोड ९२ लाख ७३ हजार ४९४ रुपैयाँको लागतमा १६ लाख २९ हजार २६३ थान किताब वितरण गरिएको थियो। यस वर्ष भने कक्षा ४ बाहेक अन्य सबै कक्षाका किताब वितरण भइरहेको जनकशिक्षा केन्द्रले जनाएको छ।

शनिबार, चैत २१, २०८२ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.