धनगढी १४ चैत/नेपाली काङ्ग्रेसका नेता तथा कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गोरखबहादुर बिष्ट आनन्दले प्रतिशोधको राजनीति अन्ततः विनाशको मार्ग हुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले आयोगको प्रतिवेदन औपचारिक रूपमा नबुझ्दै गरिएको कार्यवाहीप्रति आपत्ति जनाएका छन्। यस्तो कार्यले न्यायप्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको उनको भनाइ छ।
उनले कानून र संविधानको पालना सबैका लागि अनिवार्य भए पनि हतार र अपरिपक्व निर्णयले देशलाई अराजकता र अस्थिरतातर्फ धकेल्ने चेतावनी दिएका छन्। उनी नेपाल अमेरिका जनसम्पर्क समितिका सभापति समेत हुन् ।