धनगढी, १० चैत / सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेड को नवौँ वार्षिक उत्सवको अवसरमा धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले आयोजना गरेको कार्यक्रममा ४६ जना रक्तदाताले रक्तदान गरेका कार्यालय प्रमुख गणेश उप्रेती ले जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी धनगढीको समन्वयमा सम्पन्न कार्यक्रममा सानिमा रिलाइन्सका विभिन्न कार्यालयका कर्मचारी, एजेन्सी म्यानेजर तथा अन्य व्यक्तिहरूको सहभागिता रहेको थियो।
रक्तदान गर्ने सहभागीलाई कम्पनीले प्रमाणपत्र प्रदान गरेको थियो। सानिमा रिलाइन्स लाइफ इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत समय-समयमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।