धनगढी । भारतीय सीमा नाका स्थित कञ्चनपुरको बेलौरीबाट प्रहरीले दुई ट्रली केरा बरामद गरेको छ । बिहीबार बिहान इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले केरा बरामद गरेको हो ।
बेलौरी नगरपालिका – १ बैशाखी सीमाबाट बिहान साढे ३ बजे बेवारिसे अवस्था केरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।
‘बिहान सीमामा २ ट्रली केरा बेवारिसे अवस्थामा बरामद गरेका हौ , मान्छे कोही भेटाएनौ, ट्रली कसको हो भन्नेबारे अध्ययन गर्दै छौ’ शाहीले भने ।
बरामद गरिएको केरा र ढुवानीमा प्रयोग भएका साधनलाई आवश्यक कानुनी प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको छ ।