कुमारी लक्ष्मी बम/कैलाली, कैलालीको जोशिपुर गाउपालिकाले नियम बिपरित स्वास्थ्य क्षेत्रका ३ जना कर्मचारी भर्ना गरेको पाईएको छ । गाउपालिकामा कार्यपालिकाको र्निणयले वडा नम्बर ३ बन्जरियामा स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाईका लागि १ जना अ।हे।ब १ जना अनमी र १ जना कार्यालय सहयोगिका लागि बिज्ञापन प्रकाशन नगरि राखेको पाईएको हो । बिज्ञापन मार्फत छनोट गरि कर्मचारी नियुक्त गर्दा धेरै समय लाग्ने भएकाले सोझै कार्यपालिकाको र्निणय बाट कर्मचारी राखिएको जोशिपुर गाउपालिका अध्यक्ष राम कृष्ण चौधरीले बताउनुभयो ।
सामुदायिक स्वास्थ्य इकाईमा सेवा प्रबाहका लागि कर्मचारी अति आवश्यक भएकाले अहिले ज्यालादारिमा कर्मचारी राखिएको र असार पछि बिज्ञापन प्रकाशन गररे कर्मचारी छनोट गरिने उपाध्यक्ष गिता कठरीयाको भनाई रहेको छ । गाउपालिकाका नि। प्रमुख प्रशासकीय अधिकृत नाराण प्रसाद शर्मा भने ५ लाख मुनिको कार्यक्रम र समय छोटो भएकाले खरिद ऐन अनुसार कर्मचारी नियुक्त गरिएको बताउनुहुन्छ ।
उता गाउपालिकाको स्वास्थ्य शाखाले भने सामुदायिक स्वास्थ्य इकाईका लागि कर्मचारी छनोटको बिज्ञापन तयार गरिसक्दा समेत अन्तिममा आएर सोझै कर्मचारी नियुक्त गरिएको हो । स्वास्थ्य संयोजक कैलाश बहादुर डगौरले आफुले सुचना तयार गरि गाउपालिकामा दिईसकेको तर सो सुचना प्रकाशन गनुको सट्टा कार्यपालिकाको बैठक बाट कर्मचारी नियुक्त गरिएको जानकारि दिनुभयो । ज्यालादारीका रुपमा नियुक्त गरिएका कर्मचारीलाई नेपाल सरकारको नियमानुसार तलब सुबिधा दिईने बताईएको छ । बिना प्रतिस्पर्धा कर्मचारी नियुक्त गरेको भन्दै स्थानिय बासिले भने यो र्निणयको बिरोध गरेका छन । अध्यक्ष निकट रहेकाले तनै जना कर्मचारी बिना प्रतिस्पर्धा छनोट गरिएको पाईएको छ ।
