धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले ५७ जना समानुपातिक सांसदको सूची तय गरेको छ। क्लस्टरअनुसार आजै सूची निर्वाचन आयोगलाई बुझाउने निर्णय भएको पार्टीका प्रवक्ता मनीष झाले बताए।
उनका अनुसार ५७ मध्ये ४८ महिला र नौजना पुरुष छन्।
जसमध्ये खस आर्यतर्फ १७, जनजाति १६, मधेशी नौ, दलित आठ, थारू चार र मुस्लिम तीनजनाको नाम तय गरिएको झाले बताए।