धनगढी, २३ फागुन/बझाङबाट नेकपा एमालेका ऐन महर विजयी भएका छन् । एक मात्र निर्वाचन क्षेत्र रहेको महरले १८ हजार ४१५ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ०२९ मत ल्याएका छन् ।
उनीहरूबीचको मतान्तर २ हजार ३८६ रहेको छ । गणना गरिएको जम्मा मत ५७ हजार ५०४ रहेको छ भने सदर मत ५२ हजार ८६४ रहेको थियो ।नेपाली कम्युनिस्ट पार्टीका मीनबहादुर कुँवरले ९ हजार ७४८ मत ल्याएका थिए । रास्वपाका शैलेश सिंहले ९ हजार २३४, राप्रपाका विश्वप्रकाश जेठाराले ४०४, नेकपा माओवादीका भरत मल्लले ५२० र नेपाल मजदुर किसान पार्टीका दलबहादुर बोहराले ४१ मत ल्याएका छन् ।