धनगढी २२ फागुन/ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ५ को सर्वदलीय बैठक सम्पन्न भएको छ। बैठकपछि भोलि फागुन २२ गते बिहान ७ बजेदेखि मतगणना सुरु गर्ने निर्णय गरिएको छ।
निर्णय अनुसार धनगढी वडा नम्बर १ बाट मतगणना शुभारम्भ गरिनेछ। प्रत्येक वडाको मत छुट्टाछुट्टै रूपमा गणना गरिने व्यवस्था गरिएको छ।
कैलाली-५ का निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी चेतराज राज पन्तले सर्वदलीय बैठकपछि उक्त जानकारी दिएका हुन्। उनका अनुसार मतगणनालाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक तयारी पूरा गरिएको छ।