धनगढी २१ फागुन/कैलालीको निर्वाचन क्षेत्र नम्बर ४को गोदावरी नगरपालिका– १ मा २ जनामाथी कुटपिट भएको छ । बिहिबार मतदान गर्न जाने बेला स्थानिय जंग बहादुर राना दम्पत्तिमाथी कुटपिट भएको हो ।
निर्वाचनका लागि मतदान गर्न श्रीमानश्रीमती सँगै जाने क्रममा आफूहरुमाथी दुई जनाले कुटपिट गरेको रानाले बताए । उनले वडा नं १ मा रहेको घण्टेश्वरी माविमा रहेको मतदान केन्द्रमा मतदान गर्न स्कुटीमा गईरहेका बेला एक्कासी आएर स्कुटीको बाटो छेकी आफूहरुमाथी कुटपिट गरेको बताए ।