एजेन्सी । प्राचीन कालेदेखि नै संक्रमित बिरामीहरुलाई अन्य स्वस्थ व्यक्तिहरुबाट टाढा राख्ने कोसिस हुँदै आएको छ । वल्ड टेस्टामेन्टमा पनि सेल्फ–आइसोलेशनको उल्लेख गरिएको छ । विश्वभरीमा कोभिड–१९ फैलिएपछि यही सल्लाह दिदैं आइएको छ– ‘यदि तपाईं विदेशबाट आउनु भएको छ अथवा कोभिड–१९ संक्रमित मान्छेको सम्पर्कमा आउनु भएको छ भने सेल्फ–क्वारेन्टाइनमा बस्नुस् ।’
यो महामारीको समयमा सेल्फ–क्वारेन्टाइनको महत्व बुझ्नको लागि ‘क्वारेन्टिन’ शब्दको इतिहास जान्न रोचक हुनेछ । यस शब्दको अर्थ मध्यकालीन युरोपमा लुकेको छ । ‘क्वारेन्टिन’ शब्द इटालियन भाषाको ‘क्वारेन्तीनो’ शब्दबाट आएको हो । जसको अर्थ हुन्छ, ४० दिनको अवधि । चौधौं शताब्दीमा युरोपमा फैलिएको महामारीबाट भेनिस जस्ता तटीय शहरलाई जोगाउँन संक्रमित बन्दरगाहाबाट त्यहाँ आइपुगेका हरेक जहाजलाई शहर पुग्नु अगाडी ४० दिनसम्म पानीमै बस्नुपर्ने बाध्यता थियो । ९क्वारेन्टा–जर्नीः क्वारेन्टाको अर्थ ४० र जर्नीको अर्थ यात्रा गर्नु हो ।
……………
वर्ष १३७७ मा एक नयाँ कानुन वर्ष
१३७४ मा भेनिसले एउटा आदेश निकालेको थियो । जसमा भेनिसको विशेष स्वास्थय काउन्सिलले जहाजहरु र त्यसमा रहेको यात्रुहरुलाई शहरमा आउने अनुमति नदिएसम्म नजिकै रहेको टापुमा बस्नुपर्ने छ । तर ‘लाजरेटी इन डुब्रोनविकः द बिगिनिङ अफ द क्वारेन्टिन रेगुलेसन इन युरोप’ का सह–लेखक पीएचडी एन्टे मिलोसेवीच लेख्छन्– ‘यसले भेनिसका केही देशका जहाज र यात्रुहरुमा भेद्भाव तथा गड्बडी निम्त्याएको छ ।’

उता, एड्रियाटिक सागरको पछाडि राघुजा ९आधुनिक डुब्रोनविक० का महापरिषद्ले महामारी फैलनबाट रोक्नको लागि एक नयाँ कानुन बनाएको थियो । जस अनुसार राघुजा आउने हरेक व्यापारी तथा यात्रुहरु ३० दिनसम्म आइसोलेशनमा बस्नु पर्दथ्यो । उक्त कानुनमा यो पनि भनिएको छ, हानिकारक क्षेत्रबाट आएका प्रत्येक व्यक्तिले मुख्य शहरमा प्रवेश गर्नु अगाडी संक्रमणमुक्त हुनको लागि सेवावत शहरको मार्कन टापुमा ३० दिन बिताउनु पर्नेछ । यस प्रकार मिलोसेवीच भन्छन्– ‘डुब्रोनविकले सबै भन्दा पहिले यस्तो तरिका लागु गरेको हो । जुन पक्षपातरहित र न्यायोचित थियो । साथै निकै सम्झदारीमा काम गरेकोले सफल साबित भयो । अनि विश्वले यसलाई अपनायो ।’
………………….
दुई जरुरी कुरा आइसोलेशन र अनुसासन
यस पुस्तकका सह–लेखिका एमडी–पीएचडी आना कोन्सुआ भन्छिन्– ‘डुब्रोनविन संक्रमित क्षेत्रबाट जल–थलमार्ग दुबै बाटो भएर आउँने मानिस, पशु समान अलग पार्ने एक मात्र ठाउँ मध्यसागरको बन्दरगाहा पहिलो थियो ।’ जब भेनिसले सबै जहाज र व्ययापारमा प्रतिबन्ध लगायो । त्यहाँको जनजीवन निकै प्रभावित भयो । राघुजा गणतन्त्रले ३० दिनको यो क्वारेन्टाइन कानुन, जसलाई डुब्रोनविक को २७ जुलाई १३७७ मा दिएका कागजातमा ‘ट्रेन्टिन’ भनेर चिनिन्छ ।

यो कानुनको उल्लघंन गर्नेलाई कठोर सजाय दिनुको साथै जरिवाना तिर्नु पर्दथ्यो । । सुरुमा आइसुलेशनको अवधि ३० दिन थियो पछि बढाएर ४० दिनमा पुराईयोे । यस्तो गर्नुको सही कारण कसैलाई पनि थाहा थिएन । केही व्यक्तिहरु अनुमान लगाउँथे । यस ३० दिनको अवधिमा उपचार सफल भएन । किन भने रोगको इन्क्युबेशन अवधि राम्रोसँग थाहा थिएन । कोही यसलाई ईस्टर अगाडीको ४० दिनको व्रत (लेन्ट सिजन)सँग जोड्थे । कोहीलाई लाग्थ्यो, यो ४० दिनको अवधि बाइबलको महत्वपूर्ण घटना महाप्रलयको ४० दिन, हुरत मुसाको माउन्ट सिनाय लगायतको ४० दिनको कथामा आधारित छ । भेनिसको सेनेटल १४४८ मा बन्दरगाहा प्रवेश गर्ने जहाजको लागि क्वारेन्टाइन अवधि ३० दिनबाट बढाएर ४० दिनमा पुर्याएको थियो ।
………………
युरोपको पहिलो अस्थायी अस्पताल
‘लेजेटरी अफ डुयुब्रोनविक’ मा बाकीजा कोन्सुवा लेख्छिन्– ‘डुब्रोनविक प्रशासनले कुष्ठरोग फैलनबाट रोक्नको लागि कुष्ठरोगीलाई टाढा राख्ने व्यवस्थाबाट नै क्वारेन्टाइको स्थापना भएको हो ।’ डुब्रोनविको इतिहासमा धेरै रोगले विनाश गरेको थियो । जसमा कुष्ठ रोग, प्लेग जन स्वास्थ्यको लागि निकै खतरा भएको थियो । ऐतिहासिक तथ्य अनुसार ‘क्वारेनिट’ को अवधारणा डुब्रोनविक कै देन हो ।
१२७२ मा ‘स्टेच्युट अफ डुब्रोनविक’ ले पहिलो पटक कुष्ठ रोगीहरुलाई आइसुलेशनमा राख्ने व्यवस्थाको उल्लेख गरेको छ । यो स्टेच्युट क्रोएशियाको प्रचीनतम कानुनी दस्तावेज मध्यको एक हो । बाकिजा कोन्सुल भन्छिन्– ‘बाइबलमा कुष्ठ रोगले ग्रस्त ‘लाजरस’लाई कुष्ठ रोगहरुको संरक्षक सन्त मानिएको छ । उनैको नाम निर्माण भएको कुष्ठ रोगीहरुको घरलाई ‘लाजरेटो’ भनियो । राघुजा शासनले माल्जेटमा युरोपको पहिलो अस्थायी प्लेग अस्पलात स्थापनापछि युरोपभरका क्वारेन्टाइन केन्द्रहरुलाई ‘लाजेरेटो’ भन्न थालियो ।
…………..
क्वारेन्टिन परिसरको स्थापना
बाकिजा कोन्सओ भन्छिन्– ‘१३७७ मा राघुजामा आइसुलेसन कानुनको निर्माण गरेपछि डुब्रोनवकको दक्षिण–पश्चिममा एउटा सानो वरपरका टापुरुहरु ९सुपेदर, मर्कन र बोबारा० सबैभन्दा पहिला क्वारेन्टिन गरिएको थियो । सुरुमा क्वारेन्टाइनको सुरुवात झुपडीबाट तथा खुल्ला ठाउँमा गरिएको थियो । झुपडीबाट सुरु गर्नुको राम्रो प्रतिफल सजिलैसँग पुरै क्षेत्र जलाएर नस्ट गर्न सकिन्थ्यो । सन् १३३९ मा मिल्जेट टापुको बेनेडिक्टन मठमा क्वारेन्टाइन कम्प्लेस स्थापना गर्ने निर्णय लिइएको थियो । डान्सबीचको लाजेटरी १४३० मा निमार्ण गरिएको थियो । त्यसपछि लोकर्राम टापुमा ठूलो र अत्याधुनिक लाजेटरी निमार्ण गरियो । १५९० फेब्रुअरी १२ मा डुब्रोनविकको सेनेटले पुरानो शहरका पूर्वी प्रदेशद्वारमा लाजेटरी पलोसमा निमार्ण गर्ने आदेश दिएको थियो । यसको निर्माण १६४७ मा पुरा भएको थियो । १७२४ मा सेनेटले यसलाई शहरको बाहिरी भित्तामाको अभिन्न हिस्सा घोषित गरेको थियो ।
………….
पर्यटकको आकर्षणको केन्द्र
डुब्रोनविक गणतनत्रको पतनपछि पनि लाजेटरी परिसरका क्वारेन्टिन पर्यटक केन्द्रको रुपमा प्रयोग हुँदै गयो । स्वास्थ केन्द्रको रुपमा यसको प्रयोग निकै कम समय भयो । बाकिजा–कोन्सुओ भन्छिन्– ‘डब्रोनविकको राष्ट्रिय अभिलेखहरुको अनुसार यो १८७२ को आस–पास भएको थियो ।’ उनी फेरी भन्छिन्– ‘ढुङगाले बनेको भव्य भवन वास्तुकलाको एक अदभूत टुक्रा मात्र होइन डुब्रोनविकको अनौठो चिकित्सा विरासत साक्षी पनि हो ।’
आज डुब्रोनविक, लाजेटरीका ती क्वारेन्टाइन परिसर पर्यटकहरुको आकर्षण केन्द्र बनेका छन् । आजभोली त्यहाँ कन्सर्ट, लिन्डो जस्ता परम्परागत लोक नृत्यहरु आयोजना गरिन्छ । शताब्दीदेखि संक्रमित रोगबिरुद्ध लड्न शहरले कति मार्ग दर्शन देखाएको छ भन्ने कुराका साक्षी यी परिसरहरु हुन् । डुब्रोनविकका शहरमा हुर्किएका ऐतिहासिक टुर गाइड कुवोविच वुका भन्छन् ‘गर्मीमा हुने कार्यक्रममा मानिसहरु यस परिसरमा धेरै जान्थे । किन भने त्यहाँ चिसो हावाको फाइदा उठाउन सकिन्छ । लाजेटरी पुरानो शहरको पर्खालबाट ३०० मिटर बाहिर छ । उनी भन्छन्– ‘कुनै पनि रोग शहरमा सजिलै फैलिन सक्छ । त्यसैले लाजेटरी परिसर एक खुला र ठूलो क्षेत्रमा छ । यो क्षेत्र १० वटा बहुमञ्जिला भवनहरुबाट बनेको छ । त्यही कारण धेरै हावाहरु चलिरहन्छ ।’
…………..
तर आज खाली सडक
लाजेटरी परिसरमा १० क्वारेन्टिन भवन, पाँच आँगन, दुई गार्ड हाउस छ । भवनमा साना–साना छत पनि छ । जहाँ क्वारेन्टिन यात्री ताजा हावाको आनन्द लिन सक्छन् । लाजेटरी इन डुब्रोनविकका सह–लेखिका वेसना मिलोसेविच भन्छिन्– ‘त्यो लाजेटरी परिसर माथिको छतमा हिडडुल गर्न सक्छन् । तर कुनै पनि व्यक्तिले भेट्न पाउँने छैनन । क्वारेन्टाइन समय पुरा भएको र बाहिरबाट आउँने कसैलाई पनि भेट्न दिइदैन थियो ।’ आज कोभिड–१९को कारण विश्व नै क्वारेन्टनइमा बसे जस्तै डुब्रोनविक शहर पनि क्वारेन्टिन भएको छ । क्रोएशियाई अर्थ व्यवस्था, जीवनरेखा र डुब्रोनविनको आयका एक मात्र स्रोत पर्यटन यतिबेला ठप्प छ । क्रुज जहाजहरु समुन्द्रमा उभिएका छन् । कोभिड–१९बाट जोगिन सन् २०२० मार्च २ मा क्रोएशियाको सीमाना पार गर्न अस्थायी रुपमा प्रतिबन्ध लगाइएको छ । वुकोवीच वुका भन्छन्– ‘सबै सीमानाहरु बन्द छन् । आज क्रोएशियाली एक जना पनि एक शहरबाट अर्को शहरमा जान सक्दैनन् । अमेरिकी एयरलाइन्सले गत वर्ष एक विशेष मार्गबाट उडान सुरु गरेको थियो । यी देशहरुबीच २८ वर्षपछि उडान सुरु भएको थियो । तर अब सन् २०२० का लागि पुरै वर्ष रद्द गरिको छ । अन्य युरोपेली राष्ट्रहरुको उडान पनि सन् २०२० जुनसम्मको लागि बन्द गरिएको छ । वुका भन्छन्– ‘९० दशकको युद्धकालमा पनि डुब्रोनविक यसरी खाली भएको थिएन । यतिबेला सुनसान मात्र छ ।’
………….
एक अर्कासँग जोडिएका दुई बन्दरगाह
तर वस्तविकता यो हो, शहरको मध्यकालीन क्वारेन्टाइन कानुनको उल्टो अब मानिसहरु आफ्नै घरमा सेल्फ–क्वारेन्टाइनमा बस्ने सुविधा छ । जस्तो कि वुका भन्छन्– ‘क्रोएशियाईका धेरै समुदायमा आफ्नो हजुरबा, हजुर–आमा, बुबा–आमा संयुक्त परिवार बस्ने बानी छ । त्यसैले यस्तो अवस्थामा संक्रमणबाट बच्नको लागि धेरै ध्यान दिनु आवश्यक छ ।’ तर यस बाहेक आज पनि क्वारेन्टाइन प्रोटोकलमा त्यति परिवर्तन भएको छैन ।
शताब्दीऔंअघि डुब्रोनविकले अपनाएको मन्त्र अझै पनि विश्वले महत्वका साथ अपनाएको छ । आइसोलेशन र अनुसशासनको दुई अति महत्वपूर्ण चिजहरु हुन् भन्ने पाठ सिकाएको छ । भेनिस जस्तै डुब्रोनविक पहिले रघुजा भनेर चिनिन्थ्यो । विश्वभरका यात्रुहरुबीच यो लोकप्रिय छ । आज दुबै शहरहरु युनेस्को विश्व सम्पदा हो । भेनिस र रघुजा मध्ययुगका प्रमुख व्यापारिक बन्दरगाह थिए । जसको इतिहास एक अर्कासँग जोडिएको छ । सन् १२०५ देखि १३८५सम्म राघुजाले भेनिसको अधीनता स्वीकार गर्यो । तर धेरै जसो विषयमा आफ्नो स्वतन्त्रता कायम राखे । जब १४२० माडाल्मेसिया (टटीय क्षेत्र एड्रियाटिक क्षेत्र अहिलेको क्रोएशिया) भेनिसलाई बेचिएको थियो । त्यही समयदेखि डुब्रोनको स्वतन्त्रता सत्ता बनेर रह्यो । केवल नाम मात्रले भेनिस नियन्त्रमा थियो ।