महेन्द्रनगर २० फागुन/ कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ स्थित कालिका माध्यमिक विद्यालय नजिक शंकास्पद वस्तु फेला परेको छ। बुधबार बिहान झलारी-पिपलाडी सडकखण्डमा प्लास्टिकको बोरा भेटिएको हो।
शंकास्पद वस्तुको पहिचान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका हेमबहादुर शाहीले बताए। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ।
सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर वस्तुको प्रकृति र जोखिमबारे अनुसन्धान गरिरहेको उनले बताए। ‘बोराभित्र के छ भन्ने खुलेको छैन, पहिचान गर्ने कार्य भइरहेको छ,’ उनले भने।